Home / ट्रेन्डिङ्ग / झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको भवन शिलान्यास

झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १२/
झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको भवन शिलान्यास गरिएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आज एक कार्यक्रमका बीच संघको भवन शिलान्यास गर्नुभयो ।
युवा व्यवसायी केशव कुमार अग्रवालले भवन निर्माणका लागि संघलाई गौरीगज– ३ मा १ कठ्ठा जग्गा दान दिनुभएको छ । गाउँपालिकाकाले भवन निर्माणका लागि बिनीयोजन गरेको १० लाख रुपैयाबाट भवन निर्माण शुरु गरिएको संघका अध्यक्ष मखना महतोले बताउनुभयो । शिलान्यास समारोहमा गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष तथा युवा व्यवसायी जीवन राईले संघको भवन निर्माणमा ५० हजार रुपैया सहयोग दिने घोषणा गर्नुभयो ।
त्यस अवसरमा जग्गादाताकी श्रीमती सीमा अग्रवालसहित संघका पूर्व अध्यक्ष ताराकान्त दास, भोजराज सेढाई, पत्रकार आत्मराम राजवंशी र मदन राजवंशीलाई समेत खादा ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
२०३४ सालमा स्थानीय व्यवसायी भवुतमहल अग्रवालको अगुवाईमा उद्योग बणिज्य संघ गौरीगञ्ज स्थापना भएको हो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...