Home / ट्रेन्डिङ्ग / एड्भान्स हस्पिटल दमकमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

एड्भान्स हस्पिटल दमकमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १४/
दमकस्थित एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलले स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाउन एड्भान्स हस्पिटलले पनि सेवा विस्तार गरेको जनाएको हो ।
आज हस्पिटल सञ्चालकले पत्रकार सम्मेलन गरि स्वास्थ्य विमा कार्यक्रमका बारेमा जानकारी गराएको हो । हस्पिटलका अध्यक्ष शेरवहादुर भट्टराईले विशेषज्ञ सेवाहरु प्रदान गर्दैआएको यस हस्पिटलले अवदेखि सरकारबाट शुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम समेत सञ्चालन गरेको बताउनु भयो । उहाँले त्यसका लागि हस्पिटलले थप भवन भाडामा लिएर सेवा विस्तार गरेको पनि जानकारी दिनुभयो ।
स्वास्थ्य विमा कार्यक्रमबाट यस क्षेत्रका विपन्न समुदायले स्वास्थ्य सुविधा पाउने उहाँले बताउनु भयो ।
त्यस अवसरमा हस्पिटल प्रशासनले अस्पतालमा उपलव्ध दैनिक फिजीसियन, नवजात शिशु तथा वाल रोग, स्त्री तथा प्रसुती, नाक, कान तथा घाँटी रोग, हाडजोर्नी, छाला तथा यौन रोग, चिरफार रोग लगायतको उपलव्ध विशेषज्ञ सेवाहरुका वारेमा समेत जानकारी गराएको थियो । तीन वर्ष अघि एड्भान्स हेल्थ केयरवाट शुरु भएको उक्त स्वास्थ्य संस्था एक वर्षअघि २५ शैया अस्पतालको रुपमा सञ्चालनमा आएको थियो । दैनिक विशेषज्ञ सेवा वाहेक फार्मेसी, सामान्य तथा जटिल शल्यक्रिया, भेन्टिलेटरसहित आइसीयू सेवालगायतका सेवा उपलब्ध छन् ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...