Home / ट्रेन्डिङ्ग / गौरादहमा उप प्रमुखको अध्यक्षतामा बैठक बसेको भन्ने कुरा गलत भएको नगर प्रमुख द्वारा स्पष्ट

गौरादहमा उप प्रमुखको अध्यक्षतामा बैठक बसेको भन्ने कुरा गलत भएको नगर प्रमुख द्वारा स्पष्ट

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १४/
झापाको गौरादह नगरपालीकामा उप प्रमुखको अध्यक्षतामा बैठक बसेर बिभिन्न निर्णयहरु भएको भन्ने कुरा गलत भएको नगर प्रमुख रोहित कुमार शाहले बताउनु भएको छ । नगरका बिभिन्न ऐन र नियम बनाउने बिषयमा सहमती नजुटेको तर उप प्रमुखको अध्यक्षतामा बैठक भने नबसेको नगर प्रमुख शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको छ । आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख शाहले संघ र प्रदेशले नबनाई कन स्थानिय सरकारले ऐन नियम बनाउँदा भोली बिबादित हुने भन्दै आफुले सहमतीमा ऐन नियम बनाउनको लागी हिँजोको बैठक स्थगित गरेको बताउँदै शाहले सहमतिको प्रयास पछि केहिदिन भित्रैमा बैठक बोलाउने जानकारी दिनुभयो ।
सबै पक्षको आपसी सहमतिबाट गौरादहको बिकाश गर्न भनेरनै गौरादहबासीले एक पक्षलाई बहुमत र अर्को पक्षलाई कार्यकारी प्रमुख जिताएर पठाएको भन्दै नगर प्रमुख शाहले जनताको म्यान्डेट र प्रचलीत कानुन बिपरित शक्तिको अभ्यास गर्ने अधिकार कसैलाई नभएको बताउनु भयो ।
हिँजो निर्वाचनको समयमा जुन सुकै दलको तर्पm बाट उम्मेद्वार भएको भए पनि आज निर्वाचित भएर आएपछि सबै नागरिकको साझा जनप्रतिनिधी भएर काम गर्नु पर्ने भन्दै उहाँले कुनै पार्टि र दल बिषेशको स्वार्थमा कानुन मिच्ने छुट कसैलाई नभएको बताउनु भयो ।
यसै विच संघिय संसद सदस्य महेन्द्रा कुमारी लिम्बुले गौरादह नगरपालीकामा भएको बिबादलाई सहमतीबाट टुंगो लगाउनु पर्ने बताउनु भएको छ । आज गौरादह नगरपालीकाका नगर प्रमुख तथा उप प्रमुखलाई भेटी सकेपछि सांसद सुब्बाले जनप्रतिनिधिहरुले बहुमत र अल्पमत नभनी सहकार्य गरेर गौरादहको बिकाशमा लाग्नु पर्ने बताउनु भयो । नगर प्रमुख र उप प्रमुखको अधिकार कानुनलेनै स्पष्ट गरिसकेको भन्दै कानुन भन्दा बाहिर गएर कसैले काम गर्न नसक्ने बताउनु भयो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...