Home / ट्रेन्डिङ्ग / सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १४/
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको छ ।
परिणाममुखी काम गर्न आवश्यक भएको भन्दै उहाँले आत्मसमीक्षा जरुरी भएको स्पष्ट पार्नु भएको छ । तर, अहिले नै सरकारको नै मूल्याङकन गर्ने बेला भने भइनसकेको उहाँको भनाइछ ।
विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता श्रेष्ठले भन्नु भयो, ‘सरकारको कामको मूल्याङन गर्ने भन्दापनि कामको समीक्षा गर्न आवश्य भने अहिले आवश्य छ ।’
उहाँले नेकपाभित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनीति मौलाएको बताउँदै पार्टीलाई गुटरहित बनाउन आवश्य रहेको जोड दिनुभयो । ‘हाम्रो पार्टी गुटबिहीन पार्टी हुन सकेको छैन, यो लुकाएर लुक्ने कुरा होइन, व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहबन्दीलाई निरुसाहित र असफल बनाउन आवश्य छ,पार्टीमा यस विषयमा गम्भीर छलफल जारी छ ।’ नेता श्रष्ठले भन्नु भयो ।
फरक प्रशंगमा प्रवक्ता श्रेष्ठले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई अहिलेसम्म पत्ता नलाउन नसक्नु दुःखद भएको बताउनु भयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...