Home / ट्रेन्डिङ्ग / झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा व्यवसायीहरु आफैं सक्रिय

झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा व्यवसायीहरु आफैं सक्रिय

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १६/
माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित बनाउने कार्ययोजनालाई प्रभावकारी बनाउन मदिरा व्यवसायीहरु आफैं लागेका छन् ।
स्थानीय स्तरमा समेत मदिरा व्यवस्थित बनाउने सरकारी कार्यक्रमलाई शसक्त कार्यान्वयन गराउन माइपश्चिमका मदिरा व्यवसायीहरु समेत आफै अग्रसर भएका हुन् ।
मेची मदिरा व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समितिका अनुसार मदिरा व्यवस्थित गराउन माइपश्चिमका पाँचैवटा स्थानीय तहमा त्यससम्बन्धी जनचेतनासहित छलफल शुरु गरिने छ । संघका अध्यक्ष प्रेम पाण्डेले मदिरा कारोवारलाई व्यवस्थित बनाउन स्थानीय सरकार, व्यवसायी, राजनीतिक दलसहित सरोकारवालाहरुसंग छलफल गरि अभियान शुरु गरिने बताउनु भयो । दमकपछि गौरादह र शिवसताक्षी नगरपालिका साथै कमल र गौरीगञ्ज गाँउपालिकामा संघले आवश्यक छलफल थाल्ने जनाएको छ । छलफलपछि माइपश्चिमका पाँचै वटा स्थानीय तहमा मदिरा कारोवारसंगै सेवनमा समेत व्यवस्थित हुने अभियानको लक्ष्य रहेको मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य भरत चम्लागाईले बताउनु भयो ।
अभियान सफल बनाउन संघले प्रारिम्भक चरणमा स्थानीय सरकारका प्रतिनिधिहरुसंग छलफल थालिएको जनाईएको छ । यसैक्रममा आज दमक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरुसंग छलफल गरिएको संघले जनाएको छ । छलफलपछि दमकमा यहि मंसिर २७ गते नगरस्तरिय वृहत छलफल गर्ने समेत तय गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...