Home / ट्रेन्डिङ्ग / अपाङ्गता दिवसको अवसरमा झापाको कमल गाँउपालिकाका ७ जना अपाङ्गता भएकाहरुलाई आधुनिक ह्विलचेयर बितरण

अपाङ्गता दिवसको अवसरमा झापाको कमल गाँउपालिकाका ७ जना अपाङ्गता भएकाहरुलाई आधुनिक ह्विलचेयर बितरण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १७/
२७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आज झापाको कमल गाँउपालिकामा ७ जना अपाङ्गता भएकाहरुलाई आधुनिक किसिमका ह्विलचेयर प्रदान गरीएको छ ।
स्थानीय केर्खास्थित खेलमैदानमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्लास्तरिय कार्यक्रमका बीच लायन्स क्लब अफ लखनपुर र तोपगाछीको संयुक्त पहलमा ह्विलचेयर हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संयोजक तथा लायन्स क्लब लखनपुरका चार्टर प्रेसिडेन्ट धर्मानन्द भट्टराईका अनुसार ह्विलचेयर प्राप्त गर्नेहरुमा कमल ६ का लंक बहादुर खड्का,पदम बहादुर थापा, कमल ७ का हरीबहादुर दंगाल , कमल ५ का सञ्जोग कुमार कार्की , कमल १ की फूलमाया धिमाल र कमल ३ का देवु चापागाइँ हुनुहुन्छ ।
अपाङगता भएकाहरुको जीवनयापनमा सहजताका लागि ति ह्विलचेयर वितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष ज्ञानु पौडेलले जानकारी दिनुभयो ।
सोहि अवसरमा कमल गाँउपालिका ५ मा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थानीय मंगलमय माविका २५ जना सुष्तश्रवण भएका विद्यार्थीहरुलाई जाडोमा न्यानोका लागि ट्रयाक सुट समेत वितरण गरिएको व्यवस्थापक राजु थापाले जानकारी दिनुभयो । उता । झापाली युनिटी क्लवले गौरादहमा एक कार्यक्रमको आयोजना गरी १५ जना अपाङ्गलाई ह्विल चेयर र १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सामुदायिक भवन गौरादहमा आयोजना गरिएको कार्यक्रममा कमल गाउँपालिका र गौरादह नगरपालिका भित्रका १५ जना पुर्ण अपाङ्ग व्यक्तिहरुलाई ह्विल चेयर र जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...