Home / ट्रेन्डिङ्ग / गौरादहमा तत्कालीन एमाले बाट निर्वाचित जन प्रतिनिधिले कानुन मिचेको कांग्रेस क्षेत्रीय समितिको ठहर

गौरादहमा तत्कालीन एमाले बाट निर्वाचित जन प्रतिनिधिले कानुन मिचेको कांग्रेस क्षेत्रीय समितिको ठहर

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १७/
झापाको गौरादह नगरपालिकामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले मुलुकको प्रचलीत कानुन र नियमलाई मिचेको भन्दै नेपाली कांग्रेस क्षेत्र नंं ५ ले एक विज्ञप्ति प्रकाशित गरि त्यसको आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्रिय सभापति डुण्डीराज भण्डारी साथै सचिवद्वय धर्मानन्द भट्टराई र चुडेन्द्र खड्काको संयुत्त हस्ताक्षरित विज्ञप्तिमा मंसिर १३ गते नगरपालिकाको बैठकमा तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहुमतको आडमा नगर प्रमुखको अधिकारलाई कटौती हुने गरि उप प्रमुखको अध्यक्षतामा बैठक बसी निर्णय गर्नु बहुमतको दम्भ देखाइ सर्वसत्ताबाद लाद्न खोजेको कांग्रेस क्षेत्रीय समितिले आरोप लगाएको छ । यस कदमले मुलुकको कानुनको घोर अपमानजनक गरेको पनि नेपाली कांग्रेसले ठहर गरेको छ ।
संबिधानले स्थायिन तहको कार्यपालीकामा बहुमत र अल्पमतको कल्पना समेत नगरेको भन्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले आफ्नो अधिकार अनुसार स्थगित गरेको बैठक पछि उप प्रमुखको अध्यक्षतामा बैठक बसेको भन्नु सरासर कानुन बिपरित रहेको बताईएको छ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...