Home / ट्रेन्डिङ्ग / झापा कचनकवलको पाठामारी बासीले सुद्ध पानी पिउन पाउने : पहिलो बर्षनै सरकारबाट सवा करोड बिनियोजन

झापा कचनकवलको पाठामारी बासीले सुद्ध पानी पिउन पाउने : पहिलो बर्षनै सरकारबाट सवा करोड बिनियोजन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/
जिल्लामै सबैभन्दा पिछडिएको झापाको कचनकवल गाउँपालीकाको वडा नम्बर ५ पाठामारिबासीले अब सुद्ध पिउने पानी पाउने भएका छन् । वडामा सुद्ध पिउने पानीको लागी प्रदेश नम्बर १ सरकारबाट ९० लाख रुपैयाँ र संघिय सरकारबाट ३० लाख रुपैयाँ बिनियोजन भएपछी पाठामारी बासीले सुद्ध पिउने पानी पाउने भएका हुन् ।
साविकको पाठामारी गाविस र हालको कचन कवल वडा नम्बर ५ मा सुद्ध पिउने पानीको लागी प्रदेश र संघिय सरकारबाट गरी १ करोड २० लाख रुपैयाँ बिनियोजन भएको उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । प्रदेश र संघिय सरकारबाट बिनियोजित उक्त रकमबाट यहि आर्थिक बर्ष भित्रमा खानेपानी योजना सुरु गर्ने उहाँले बताउनु भयो । खानेपानी आयोजनाको लागी स्थानिय स्तरमा समिति गठन भैसकेको र जग्गा समेत प्राप्त भैसकेकोले यहि आर्थिक बर्ष बाट काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
नेपालकै सबै भन्दा होचो ठाउँ कचनकवल संगै जोडिएको उक्त क्षेत्रका बासिन्दा सुद्ध पिउने पानीको अभावमा चापाकलको पानी पिउन बाध्य रहेका छन् । अधिकांस बिपन्न र मधेसी समुदायको बसोबास रहेको उक्त क्षेत्र सामाजिक सुचकांकमा पनि जिल्लामै पछि परेको क्षेत्रका रुपमा परिचित छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...