Home / अपराध / प्रदेश १ का १४ वटै जिल्लामा टिपरलाई दैनिक ४ घण्टा गुड्न बन्देज लगाईने

प्रदेश १ का १४ वटै जिल्लामा टिपरलाई दैनिक ४ घण्टा गुड्न बन्देज लगाईने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/
टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि प्रदेश १ का १४ जिल्लामा पिक आवरमा टिपरलाई गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा असर पुगेपछि आगामी पुस १ गतेबाट दैनिक ४ घण्टा प्रतिवन्ध लगाईने भएको हो ।
आगामी पुष १ गते देखी प्रदेश १ का १४ वटै जिल्लामा बिहान दुई घण्टा र अपरान्ह दुई घण्टा गरी दैनिक ४ घण्टा टिपरलाई गुड्न बन्देज गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले टिपरलाई तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा गुड्न रोक लगाईने बताउनु भयो । पुस १ गतेबाट विहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमनका रोक लगाइने भएको हो ।
रोक लगाइएको समयमा टिपर चलाए कारवाही गरिने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनु भयो । प्रदेश १ का सबै जिल्ला सुरक्षा समितिहरुमा यो निर्णय भैसकेको जानकारी दिँदै उहाँले ट्राफिक प्रहरीले निर्णयलाई कडाईका साथ कार्यन्यन गर्ने बताउनु भयो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...