Home / अपराध / प्रधानमन्त्रीको गृहनगर दमकमा सरकार भेटियो न्याय भेटिएन

प्रधानमन्त्रीको गृहनगर दमकमा सरकार भेटियो न्याय भेटिएन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/
बलात्कार पछि हत्या गरिएको कञ्चनपुरकी बालीका निर्मला पन्तको अपराधि पत्ता लगाउन नसेको तर सरकारले ठुला ठुला गफ मात्रै गरेको भन्दै व्यंगात्मक रुपमा सरकार भेटियो तर न्याय भेटिएन लेखिएको पोष्टर प्रधानमन्त्री केपि ओलीको गृह नगर दमकमा मा पनि टाँसिएको छ ।
दमकको मुख्य चौकका बिद्युतका पोल, रुख, लगायत भित्ताहरुमा बलात्कार पछि हत्या गरिएकी बालीका निर्मला पन्तको तस्विर सहितको सरकार भेटियो न्याय भेटिएन लेखिएका पोष्टरहरु टाँसिएका हुन ।
बिक्रिती बिसंगति बिरुद्ध बिभिन्न समयमा स्वतन्त्र रुपमा अभियान सञ्चालन गर्दै आएको युवाहरुको समुह स्वतन्त्र युवा अभियानले निर्मलाको न्यायको लागी पोष्टरहरु टाँसेको अभियन्ताहरुले बताएका छन् । एउटी बालीकाको बलात्कार पछि हत्या गरेको यतिका दिन बित्दा पनि सरकारले अपराधि पत्ता लगाउन नसकेकोले अभियान सञ्चालन गर्नु परेको अभियानका सम्योजक मोहन ढुंगाना (मेचि पुत्र) ले बताउनु भयो । देशै भरी अभियान सञ्चालन गर्दा पनि सकारले नसुनेकोले प्रधानमन्त्री निर्वाचित भएकै ठाउँबाट दबाब दिँदा न्यायको आवाज सुन्छन् कि भन्ने आफुहरुलाई विश्वास रहेको पनि उहाँले बताउनु भयो ।
सरकारले गफ ठुला ठुला गर्ने तर नागरिकले भने न्याय समेत माग्न नपाउने अवस्था आएको भन्दै सम्योजक ढुंगानाले आगामी दिनमा अभैm दबाब मुलक कार्यक्रम ल्याईने जानकारी दिनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...