Home / ट्रेन्डिङ्ग / राहत पुर्ण रुपमा कटौती हुने भए पछि भूटानी शरणार्थीहरुमा समस्या

राहत पुर्ण रुपमा कटौती हुने भए पछि भूटानी शरणार्थीहरुमा समस्या

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/
भूटानी शरणार्थीलाई दिँदै आएको राहत आगामी ६ महिना भित्रमा पूर्णरुपमा कटौती हुने भए पछि भूटानी शरणार्थीहरुमा समस्या देखा पर्न थालेको छ ।
विगत अढाई दकश देखि उपलव्ध गराउँदै आएको राहत विश्व खाद्य कार्यक्रमले कटौती गर्ने घोषणा गरेसँगै शरणार्थीहरुमा खैलाबैला शुरु भएको हो । राहत कटौतीको घोषणाले परिवारमा झगडा समेत हुन थालेको शरणार्थी अगुवा नरमाया राईले बताउनु भयो । राईका अनुसार अहिले कटौती नहुँदै परिवारमा तनाव शुरु भएको छ । राशन पानी काट्नु भनेको पानीमा बीष हाल्नु जति हुने बेलडाँगी २ सेक्टर ए मा बस्दै आउनु नरबहादुर बस्नेतले बताउनु भयो । पारिवारिक विखण्डनले अपाङ्ग, असाहय र बालबालिका धेरै संख्यामा रहेकोले राहत रोक्दा भोक भोकै मर्नु पर्ने स्थिति आउने शरणार्थी शिविरका सचीव टिकाराम रसाइलीले बताउनु भयो ।
केही दिन अघि मात्र शरणार्थीहरुले राहत कटौती नगर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छन् । यता भूटान राष्ट्रिय मेलमिलाप समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्कने व्यवस्था गर्न र सो व्यवस्था नभएसम्म राहत कटौति नगर्न हिँजोमात्र इमेल मार्पmत ज्ञापन पत्र पठाएको छ ।
हाल झापाको बेलडाँगी र मोरङ्गको पथरी शनिश्चरेमा गरी दर्ता भएका र नभएका गरी करिव ८ हजार हाराहारी भूटानी शरणार्थीहरु शिविरमा बसोबास गर्दै आएका छन् ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...