Home / ट्रेन्डिङ्ग / सुन्दर समाज नेपालद्वारा शरस्वति मावि दमकमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडाहरु वितरण

सुन्दर समाज नेपालद्वारा शरस्वति मावि दमकमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडाहरु वितरण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/
दमकमा रहेको सुन्दर समाज नेपाल नामक संस्थाले शरस्वति मावि दमकमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडाहरु वितरण गरेको छ ।
सरस्वती माविमा अध्ययनरत १४ जना दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि ट्रयाक सुट वितरण गर्नुका साथैं खाद्य सामाग्रीहरु समेत प्रदान गरिएको संस्थाकी संयोजक रुपा सेलिङ्गले वताउनु भयो । संयोजककी छोरी माङ्गेनाको जन्म दिनको अवसर पारेर आज विद्यालयमा पुगेर संस्थाले ती सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
आवासीय रुपमा अध्ययनरत ती विपन्न विद्यार्थीहरुलाई जाडोमा उपयोगी हुने ट्रयाक सुटसहित चामल, दाल, भुजा लगायतका खाद्य सामाग्रीहरु वितरण गरिएको संस्थाकी सचिव गंगा ढकालले जानकारी दिनुभयो ।
संस्थाकी सदस्य लक्की सिटौलाले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा संस्थाकी संयोजक सेलिङ्ग, विद्यालयका प्रधानाध्यापक सिताराम ढकाल, पत्रकार अनिलदेव राई लगायतले कार्यक्रमको महत्वमाथि चर्चा गर्नु भएको थियो ।
दमकका सामाजिक तथा व्यवसायीक क्षेत्रमा क्रियाशील महिलाहरुले केहि महिना अघि स्थापना गरेको संस्थाले महिला शसक्तीकरणसंगै विभिन्न मानवीय कार्यहरु गर्ने लक्ष्य रहेको संयोजक सेलिङ्गले वताउनु भयो । उक्त संस्थाको कार्यसमितिको उपसंयोजकमा जमुना शेर्मा राई, सचिवमा गंगा ढकाल, सहसचिवमा मनु साङपाङ र कोषाध्यक्षमा झरना लक्सम रहनु भएको छ ।
त्यस्तै, सदस्यहरुमा शोभा भुजेल, बिन्दु सिटौला (लक्कि), अनु ताजपुरिया, लिला धिताल, खनिमाया श्रेष्ठ, र बिमला जोशी रहनु भएको छ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...