Home / ट्रेन्डिङ्ग / भट्टराई क्लिनिक दमकमा प्रसुति तथा स्त्री रोग बिशेषज्ञको सेवा सुरु

भट्टराई क्लिनिक दमकमा प्रसुति तथा स्त्री रोग बिशेषज्ञको सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २०/
दमक ६ नगरपालीका अगाडी रहेको भट्टराई क्लिनिकले बिशेषज्ञ चिकित्सकबाट सेवा दिन सुरु गरेको छ । दमककै पुरानो औषधि क्लिनिको रुपमा परिचिति भट्टराई क्लिनिकले प्रसुति तथा स्त्री रोग बिशेषज्ञ चिकित्सकबाट दैनिक सेवा दिन सुरु गरेको हो । बिक्रम संबत २०४० साल देखी सोहि ठाउँमा रहेर यस क्षेत्रका नागरिकाहरुको स्वास्थ्यमा सेवा दिँदै आएको क्लिनिकले सुरुवाति चरण देखीनै बिभिन्न बिशेषज्ञ चिकित्सकहरु राखेर सेवा दिँदै आएको थियो । पछिल्लो समय अन्य बिभिन्न स्वास्थ्य संस्थाको स्थापना पछि सामान्य बिरामी जाँच र औषधि बिक्रि गर्दै आएको क्लिनकमा बिरामीहरुको माग अनुसार बिशेषज्ञ चिकित्सक सहितिको सुबिधा पुनः थप गरिएको क्लिनिकका सञ्चालक तथा जनस्वास्थ्य निरिक्षकको रुपमा सरकारी सेवा समेत दिई सक्नु भएका बुद्धिशेखर भट्टराईले जानकारी दिनुभयो ।
बिगत केहि समय देखी बिशेषज्ञ सेवा बन्द गरिएकोमा नागरिकमा मागलाई ध्यानमा राखेर हाल आम्दा अस्पतालमा कार्यरत प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डाक्टर पविना कट्टेलको सेवा दैनिक रुपमा राखिएको उहाँले बताउनु भयो ।
क्लिनिकमा दैनिक बिरामी जाँच, पाठेघर सम्बन्धि जाँच, गर्भवति जाँच, सुत्केरी जाँच तथा पाठेघर सम्बन्धि रोगको जाँच साथै स्त्री रोग सम्बन्धि सम्पुर्ण उपचार गरिने छ । त्यसैगरी स्वास्थ्य सेवा विभाग अनुमति प्राप्त संस्था भएकोले परिवार स्वास्थ्य संबन्धि सम्पुर्ण सेवा दिईने र तालिम प्राप्त अनमी तिलमायाँ भट्टराई बाट परिवार नियोजन सम्बन्धि अस्थायी साधन आई.यु.सि.डि. लगाउने व्यवस्था पनि रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी ९ हप्ता सम्मको गर्भ पतन गराउने सेवा पनि रहेको सञ्चालक बुद्धिशेखरले जानकारी दिनुभयो ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...