Home / ट्रेन्डिङ्ग / गौरदहमा नेकपाले बहुमतको दम्भ देखाएको गौरिगञ्ज कांग्रेसको ठहर

गौरदहमा नेकपाले बहुमतको दम्भ देखाएको गौरिगञ्ज कांग्रेसको ठहर

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/
झापाको गौरादह नगरपालिकामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले स्थानिय सरकार सञ्चालन ऐन र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गौरीगंज गाउँसमितिले आज एक विज्ञप्ति प्रकाशित गरि आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस गौरीगंज वार्ड नं १ का सभापति दिनेश्ववर राजवंशी, वार्ड नं २ का सभापति अघनु राजवंशी, वार्ड नं ३ का सभापति राजेन्द्र कार्की र वार्ड नं ६ का सभापति बद्रीनारायण यादवको संयुत्त हस्ताक्षरित विज्ञप्तिमा गत मंसिर १३ गते गौरादह नगरपालिकाको बैठकमा तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहुमतको आडमा नगर प्रमुखको अधिकारलाई कटौती हुने गरि उप प्रमुखको अध्यक्षतामा बैठक बसी निर्णय गर्नु बहुमतको दम्भ देखाइ सर्वसत्ताबाद लाद्न खोजेको कांग्रेस गौरीगंज गाउँसमितिले ठहर गरेको छ । यस कदमले मुलुकको प्रचलित कानुनको घोर अपमान गरेको र दण्डिहिनता बढाउन उद्वत रहेको भन्दै विज्ञप्तिमार्फत नेपाली कांग्रेसले त्यसको खेद प्रकट गरेको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा स्थानिय तहको कार्यपालिकामा बहुमत र अल्पमतको कल्पना समेत नगरेको भन्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा नगर प्रमुखले आफ्नो अधिकार अनुसार स्थगित गरेको बैठक पछि उप प्रमुखको अध्यक्षतामा बैठक बसेको भन्नु सरासर कानुन बिपरित रहेको बताईएको छ ।
स्थानिय सरकार सञ्चालन सम्बन्धि कार्यविधिले गरेको निर्देश बमोजिम भए गरेका गल्ती कमजोरीलाई सच्याई सहमति र सहकार्यको माध्यमबाट गौरादह नगरको समृद्वि र विकासका लागि अघि बढ्न नेपाली कांग्रेस गौरीगंज गाउँसमिति विज्ञप्तिमार्फत आग्रह पनि गरेको छ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...