Home / ट्रेन्डिङ्ग / गौरादहको कञ्चनजंघा आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक समाग्री बितरण

गौरादहको कञ्चनजंघा आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक समाग्री बितरण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/
झापाको गौरादह ४ मा रहेको कञ्चनजंघा आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक समाग्री बितरण गरिएको छ ।
दमकका स्टेशनरी व्यवसायी, लायन्स क्लब र बालिका देन्सु योगीले सयुक्त रुपमा स्टेशनरी समाग्री हस्तान्तरण गरेका हुन् । योगीले नवौ जन्मदिनका अबसरमा विद्यालयका विद्यार्थीहरुलाई स्वीटर बितरण गर्नु भएको थियो । यस्तै लायन्स क्लब अब गौरादह ग्रिन सिटीले समेत न्यानो कपडा बितरण गरेको छ । गौरादह नगरपालिकाकी उपप्रमुख गिता भेटवालले संकलित सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द सुब्बा र प्रध्यानाध्यापक तीर्थ भुजेललाई हस्तान्तरण गर्नु भयो । लायन्स क्लबका अध्यक्ष पुन्य सिग्देलले समेत विद्यालयका लागि सहयोग समाग्री प्रदान गर्नु भएको थियो । पत्रकार युवराज पौडेल(विवश)को संयोजनमा दमकका स्टेशनरी व्यवसायी दुर्गा पौडेल, इश्वरी न्यौपाने, राजन खड्का र राजेन्द्र सिन्जाजीले विद्यालयमा आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका समाग्री प्रदान गरेका थिए ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...