Home / खेलकुद़़ / भुटानी शरणार्थीहरुले अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्ने

भुटानी शरणार्थीहरुले अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्ने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/
भुटानी शरणार्थीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने भएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेको भुटान कराते फेडेरेशनले यही मंसिर २९ र पुष १ गते दुई दिन ‘सितेरियो कराते च्याम्पियनसीप २०१८’ आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा भुटान, नेपाल, भारत र बंगलादेशका खेलाडीहरु भाग लिने छन् । प्रतियोगिता शरणार्थी शिविर बेलडाँगीमा हुनेछ । प्रतियोगितामा भुटानको तर्फबाट शरणार्थी खेलहरुले भाग लिने छन् । नेपालको झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र तेह्रथुम तथा भारत र बंगलादेशको एक÷एक वटा टिमले भाग लिने आज आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा २२ केजीदेखि ७० केजी तौल समूहका ११ वटा समूहबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार देशका गरी ९ वटा टिमले भाग लिने छ । प्रतियोगितामा कुल एक सय ४६ जना खेलाडी सहभागी हुने आयोजक भुटान कराते फेडेरेशनका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिनु भयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सचीव नरेश राईले बताउनु भयो ।
यस अघि भूटान कराते फेडरेशनले ४० वटा गोल्ड र २ वटा अन्तराष्ट्रि स्तरको खेलमा उत्कृष्ट ट्रफी प्राप्त गरेको कराते कोच डम्बर मुखियाले जानकारी दिनु भयो । खेल आयोजनामा ५ लाख हाराहारीमा खर्च हुने अनुमान गरिएको छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...