Home / अपराध / निर्मला पन्तको न्याय माग गर्दै गौरादहमा बिद्यार्थिहरुको विरोध र्याली

निर्मला पन्तको न्याय माग गर्दै गौरादहमा बिद्यार्थिहरुको विरोध र्याली

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २६/
कञ्चनपुर जिल्लाकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न माग गर्दै आज झापाको गौरादहमा विरोध र्याली निकालिएको छ । गौरादह बहुमुखी क्याम्पसका विद्यार्थीहरुको नेतृत्वमा निकालिएको विरोध र्यालीमा महिला हिंसा, बलात्कार र हत्या काण्डको अन्त्य हुनुपर्ने माग गरिएको छ ।
गौरादह बहुमुखी क्याम्पस का सम्पूर्ण विद्यार्थीहरुको आयोजनामा शान्तिपूर्ण र्याली निकालिएको हो । र्यालीमा गौरादह बहुमुखी क्याम्पस, गौरादह कृषि क्याम्पस, प्रोज्वल कलेजियट, जनता मावि र गोल्डेन सनराईज का विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
गौरादह बहुमुखी क्याम्पसको प्रांगढ बाट प्रचार पम्पलेट सहित र्याली शुरु भई गौरादह बजार परीक्रमा गर्दै डिपु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
निर्मला पन्तका हत्यारालाई छिटो भन्दा छिटो पक्राउ गरि यथाशिघ्र सार्वजनिक गर्न दवाब स्वरुप विरोध र्याली निकालिएको नेविसंघ गौरादह बहुमुखी क्याम्पसका सभापति मोहन खनालले जानकारी दिनुभयो ।
कोण सभामा सरकारले पन्तका हत्यारालाई हालसम्म पनि पक्राउ गरी सार्वजनिक गर्दै कारवाही गर्न नसक्नु लज्जास्पद रहेको कोणसभा का वक्ता रविन्द्र ढुंगानाले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...