Home / कला/साहित्य / शिवानी ताजपुरिया पहिलो मिस ताजपुरिया बिजयी

शिवानी ताजपुरिया पहिलो मिस ताजपुरिया बिजयी

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २६/
झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जित्नु भएको छ् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उहाँले पहिलो मिस ताजपुरियाको उपाधि जित्नु भएको हो । उपाधिसंगै शिवानीले नगद, ट्रफिसहित आर्कषक उपहार प्राप्त गर्नु भएको छ ।
प्रतियोगिताको फष्ट रनरअप रञ्जिना र सेकेण्ड रनरअपमा रस्मिता ताजपुरिया बिजयी हुनु भयो । उहाँहरुले पनि नगद, ट्रफिसहित आर्कषक उपहार प्राप्त गर्नु भएको छ । ग्राण्ड फाईनलमा प्रतियोगिहरुले आप्mना जातिय भेषभूषामा क्याटवाक गरेका थिए ।
ताजपुरिया समाज कल्याण परिषदको २३ औ स्थापना दिवसको अवसर पारेर ताजपुरिया कला संरक्षण विकास समितिले उक्त प्रतियोगिताको आयोजना गरेको आयोजक ताजपुरिया कला विकास संरक्षण विकास समितिका अध्यक्ष चन्द्रप्रसाद ताजपुरियाले जानकारी दिनुभयो । उहाँले प्रतियोगितालाई वर्सेनी आयोजना गर्दे लैजाने वताउनु भयो ।
पूर्वका आदिवासी ताजपुरिया युवतीहरुको अन्तरनिहीत क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा झापा, मोरङ्ग र सुनसरी जिल्लाका ५२ जना ताजपुरिया युवतीहरुले प्रतिष्पर्धा गरेका थिए ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...