Home / ट्रेन्डिङ्ग / तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत

तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/
तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत गरिएको छ । दमक ६ मा रहेका न्यौपाने परिवारले स्थापना गरेको शैक्षिक प्रोत्साह पुरस्कार बाट हिमाविमा अध्ययनरत जेहेन्दार तथा विपन्न समुदायका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत गरिएको स्मृति कोषका संस्थापक डाक्टर लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।
बिक्रम सम्बत २०७० सालमा स्थापित उक्त कोषबाट हिमाविका बिद्यार्थिहरुलाई हरेक बर्ष पुरस्कार बितरण गरिंदै आएको मा यस बर्ष पनि बिपन्न समुदायका बिद्यार्थिहरुलाई पुरस्कृत गरिएको संस्थापक न्यौपानेले बताउनु भयो ।
दमक नगरपालीका उप–प्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण कार्यक्रममा बिद्यालयमा अध्यापनरत शिक्षिका सकुन्तला सुब्बा र बिद्यालयका कार्यालय सहयोगी कृष्णलाल गुरागाईंलाई पनि सम्मान गरिएको उहाँले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...