Home / ट्रेन्डिङ्ग / पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर ५ इकाइ समितिको अध्यक्षमा राजन खड्का चयन

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर ५ इकाइ समितिको अध्यक्षमा राजन खड्का चयन

सप्तरङ्गी एफ.एम. दमक/पुष १/
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा ५ इकाइ समिति गठन गरेको छ । दमक नगरपालीका सहित गौरादह नगरपालीका साथै गौरीगन्ज र कमल गाउँपालिकामा रहेका पुस्तक तथा स्टेशनरी व्यवसायीको भेलाले राजन खड्काको अध्यक्षतामा ईकाई समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुर्यबहादुर बस्नेत, सचिवमा तीर्थ नेपाल र कोषाध्यक्षमा नेत्र पोखरेल चयन हुनु भएको छ । त्यसै गरी समितिका सदस्यहरुमा ज्ञानु श्रेष्ठ, रुपक श्रेष्ठ, कमल संग्रौला र इन्द्र गौतम चयन हुनु भएको छ । २ जना सदस्य कार्यसमितिको बैठकले चयन गर्ने अध्यक्ष खड्काले बताउनु भयो ।
ईकाई समिति गठनको अबसरमा महासंघका झापा जिल्ला सचिव युवराज पौडेलले संगठनको अवस्था र आगामी प्रदेश, केन्द्रीय अधिवेशनको व्यवस्थापानका बारेमा जानकारी गराउनु भएको थियो । संगठनका पूर्व जिल्ला अध्यक्ष श्याम ढकाल र फणिन्द्र न्यौपानेले इकाइ समितिको अवधारणका बारेमा प्रष्ट्याउनु भएको थियो । संघले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रलाई आधार मानेर माघ भित्र इकाइ समिति गठन गर्ने गरि पदाधिकारीलाई जिम्मेवारी प्रदान गरेको जिल्ला अध्यक्ष देशवन्धु ढगेलले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...