Home / खेलकुद़़ / भूटानी शरणार्थी शिविरमा अन्तराष्ट्रिय कराते टुर्नामेन्ट शुरु , पहिलो दिनको खेलमा आयोजक भूटान अग्रस्थानमा

भूटानी शरणार्थी शिविरमा अन्तराष्ट्रिय कराते टुर्नामेन्ट शुरु , पहिलो दिनको खेलमा आयोजक भूटान अग्रस्थानमा

सप्तरङ्गी एफ.एम. दमक/पुष १/
शरणार्थी शिविरमा पहिलो पटक अन्तराष्ट्रिय कराते टुर्नामेन्ट शुरु गरिएको छ । नेपाल, भारत र भूटानका १ सय ५५ खेलाडीहरुको सहभागितामा खेल आयोजना गरिएको छ ।
विभिन्न १३ वटा तौल समूहमा ९ वटा टिममा खेलाइएको खेलमा महिला तथा पुरुषको छुट्छुट्टै प्याराफिटमा खेल खेलाइएको छ । खेलको पहिलो दिन आज आइतबार आयोजक भूटान कराते फेडरेशनले १३ , नेपालले १० र भारतले १ वटा गोल्ड मेडल प्राप्त गरेका छन् ।
विश्व कराते फेडरेशन, एशियन कराते फेडरेशन, नेपाल कराते फेडरेशनका बरिष्ठ कोच र रेफ्री सहित खेलमा ९ जना कोच सहित रेफ्री टीमको सहभागी रहेका छ । खेलमा नेपालबाट ६, भूटानबाट २ र भारतबाट १ वटा टीम रहेका छन् । हरेक टिममा १७ जना खेलाडीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । खेलमा ६ बर्ष मुनिका खेलाडीको समेत सहभागिता रहेको छ ।
भूटान कराते फेडेरेशनको आयोजनामा भएको खेलमा तेस्रो मुलुक पूनर्वास भएका अगुवा भूटानी खेलाडी, स्थानीय बासिन्दा, शिविर व्यवस्थापन सहित अन्य सामाजिक संघसंस्थाको सहयोगमा खेल आयोजना गरिएको आयोजक टीमका कोच डम्बर मुखियाले बताउनु भयो । शरणार्थी शिविरमा पहिलो पटक भएको अन्तराष्ट्रिय स्तरको खेलले नेपाली समूदाय र अन्य देशका खेलाडीबीच सम्बन्ध थप प्रगाढ बनाउने खेलका मुख्य कोच योगेश राईले बताउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...