Home / ताजा समाचार / झापा जिल्लाका स्थानीय तह र जिल्ला स्तरीय कार्यालयमा भईरहेकागतिविधि र जिम्मेवारीबारे परामर्श

झापा जिल्लाका स्थानीय तह र जिल्ला स्तरीय कार्यालयमा भईरहेकागतिविधि र जिम्मेवारीबारे परामर्श

सप्तरंगी एफएम /६ मंसिर २०७५ / डिकेश लामा

झापा÷स्थानीय तह र जिल्ला स्तरीय कार्यालयमा भईरहेका गतिविधि र जिम्मेवारीता सम्बन्धी शुक्रबार झापामा बार्षिक कार्य योजना सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

संघीय संरचना अनुसार कसको कार्य क्षेत्र कति र विकास गतिविधिबारे कसले के गरिरहेका छन् भन्ने विषयमा स्पष्ट बनाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले बताउनु भयो ।

कार्यक्रममा बर्तमान भौतिक पूर्वाधार योजनामा प्राविधिक कम्जोरी भएकोले भएका भौतिक पूर्वाधार समेत कम्जोर भएकोले यसमा सरोकारवालाले जिम्मेवारी भएर काम गर्न प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निर्देशन दिनु भयो । कार्कीले यस बर्ष थोरै बजेट परेका योजनाहरुमा आगामी बर्षमा पुरा गर्दै लाने समेत बताउनु भयो ।

कार्यक्रममा विकास योजनामा भएका ढिला सुस्ती र अति कम बजेट तत्काल पुरा गर्नु पर्ने स्थानीय निकायका प्रमुख तथा उपप्रमुखले माग समेत गर्नु भएको छ । कार्यक्रममा जिल्लाभर हुँदै आएका खानेपानी तथा सरसफाई, सुपारी तथा रवर खेती, सडक, पुल र झोलुङ्गगे पुलबारे स्पष्ट पारिएको छ । कार्यक्रममा ५५ प्रतिशत बाटो मात्र राम्रो भएको र बाँकी सडक मर्मत र पुनर्निमाण गर्नु पर्ने बताइएको छ ।

कार्यक्रममा अझै कतिपय जिल्ला स्तरीय कार्यालयमा सरकारी कर्मचारीको अभाव रहेकोले सो को परिपुर्ती गर्न कार्यालय प्रमुखले मन्त्री कार्की समक्ष माग समेत गरेका छन् ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...