Home / ट्रेन्डिङ्ग / गौरिगञ्ज गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साइकल वितरण

गौरिगञ्ज गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साइकल वितरण

सप्तरङ्गी एफ.एम. दमक/पुष १६/
झापाको गौरिगञ्ज गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्र रहेका ४ वटा स्वास्थ्य केन्द्र भित्रका ४० जना महिला स्वयंसेविकाहरु लाई आज एक कार्यक्रमको आयोजना गरी अध्यक्ष वावुराजा श्रेष्ठले साईकल वितरण गर्नु भएको हो । गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकाहरु लाई जनही ७ हजार रुपैयाँ मूल्य वरावरको साईकल वितरण गरेको हो । साईकल वितरण गर्दै गाउँपालीका अध्यक्ष श्रेष्ठले गाउँका कुना काप्चामा पुगेर स्वास्थ्य सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई काम गर्न सहज बनाउन साईकल वितरण गरिएको वताउनु भयो । स्वास्थ्य स्वयंसेविकाहरु हिडेरै सेवा पु¥याउन कठिन हुने भएकोले साईकल वितरण गरिएको गौरिगञ्ज गाउँपालिका स्वास्थ्य सहायक विकास पौडेलले वताउनु भयो । साईकल वितरण गरिए पछी स्वयंसेविकाहरु लाई स्वास्थ्य सेवा दिन सहज हुने गौरिगञ्ज गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत राजकुमार शाक्यले वताउनु भयो । महिलाहरुलाई गर्भवती हुँदा सल्लाह दिने, महिला र बच्चाहरुको लागी आवश्यक पर्ने खोप सम्वन्धी जानकारी गराउने, जस्ता कार्यक्रमहरु गाउँमा वसेर महिला स्वास्थ्य स्वयंसेविकाहरुले सेवा गर्दै आएका छन् ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...