Home / ट्रेन्डिङ्ग / पोल्ट्रि व्यवसाय प्रर्वद्धन गर्न वर्तमान सरकार गंभीर रहेको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको भनाई

पोल्ट्रि व्यवसाय प्रर्वद्धन गर्न वर्तमान सरकार गंभीर रहेको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/पुष १७/
कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले पोल्ट्रि व्यवसाय प्रर्वद्धन गर्न वर्तमान सरकार गंभीर भएको बताउनुभएको छ ।
दमकमा आज छैठौ राष्ट्रिय पोल्ट्रि दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले पोल्ट्रि व्यवसायको विकासका लागि प्रर्वद्धनात्मकसंगै अन्य सरकारी सुविधा उपलब्ध गराउन सरकार प्रयत्नशील रहेकोमा जोड दिनुभयो ।
उहाँले पोल्ट्रि कृषकहरुका समस्या समाधान गरेर यसलाई रोजगारीमुखी उद्योगका रुपमा स्थापित गराउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो । पछिल्ला बर्ष पोल्ट्रिले देशकै आयमुलक उद्यमका रुपमा आफूलाई स्थापित गराउन सफल हुदै गएको बताउँदै उहाँले अझ यस क्षेत्रको बृद्धिविकासमा सरकारले हरसम्भव सहयोग पुरयाँउने विश्वास दिलाउनुभयो ।
झापा जिल्ला उत्पादक व्यवसायी संघले आयोजना गरेको तथा देशकै कृषि तथा पशु विज्ञहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागी कृषकहरुले व्यवसायिक समस्याहरुमा पर्याप्त सरकारी सहयोगका बारेमा विभिन्न मागहरु राखेका थिए ।
मोरङ्ग जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष विनोद अधिकारी, संघका जिल्ला सदस्य भरत चम्लागाई लगायतले पोल्ट्रि व्यवसाय प्रवद्र्धनका लागि कृषकलाई आवश्यक पर्ने छुटसहितको विद्युत उपलब्धता,प्रविधिमैत्री व्यवस्थापन,सहुलियतपूर्ण ऋण, उपकरण खरिद लगायतका समस्या रहेकोमा सरकारले यसलाई प्राथमिकतामा राख्न माग गर्नुभएको थियो ।
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मल,अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कट्टेल लगायतकाले समेत पोल्ट्रि व्यवसायका अवस्थाका बारेमा बोल्नुभएको थियो ।
आजनै राज्यमन्त्री चौधरीले दमकमा शुरु भएको चिकेन फेस्टिवलको समेत शुभारम्भ गर्नुभएको छ । दिवसका अवसर पारेर संघले मासु र अण्डाको वजार प्रवद्र्धनमा सघाँउ पुरयाउने उद्देश्यले आयोजित फेस्टिवलको राज्यमन्त्री चौधरीले उद्घाटन गर्नुभएको हो ।
दमक ६ स्थित नमुना वजारमा शुरु भएको फेस्टिवल तीनदिनसम्म चल्ने अण्डा उत्पादक संघ प्रदेश समितिका अध्यक्ष माधव पराजुलीले वताउनुभयो । कार्यक्रम संयोजक समेत रहनुभएका पराजुलीले फेस्टिवल भरि अण्डा र कुखुराको मासुका परिकारसहित यसको फाइदाका बारेमा मनोरञ्जनात्मक संगीतमय कार्यक्रम तथा जानकारीमुलक गतिविधिहरु समेत सञ्चालन हुने छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...