Home / खेलकुद़़ / व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवा युवतीहरुका लागि दमकमै तालिम सञ्चालन हुने

व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवा युवतीहरुका लागि दमकमै तालिम सञ्चालन हुने

सप्तरङ्गी एफ.एम. दमक/पुष १७/
महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ । दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेस सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।
सेन्टरले आज दमकमा पत्रकार सम्मेलन गरि व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने पूर्वका युवाहरुलाई लक्षित गरेर स्तरिय तालिम सञ्चालन गर्न लागिएको सञ्चालक समेत रहेका वरिष्ठ प्रशिक्षक राष्ट्र राईले बताउनु भयो । पहिलो चरणमा दुई सय जनालाई आवासीयसहितको स्तरिय तालिम दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार फिटनेट सेन्टरमा व्रिट्रीस तथा सिंगापुर आर्मीसहित मार्सल आर्ट, तेक्वान्दो खेलका अन्तराष्ट्रिय स्तरमा नाम कहलिएका खेलाडीहरुको प्रत्यक्ष प्रशिक्षणमा आधुनिक किसिमका शारीरिक अभ्यास गराईने छ । विदेशमा रोजगारी खोज्ने युवाहरुलाई आर्मी लगायतका सैनिक तालिममा निपुण तथा दक्ष वनाउन गोरखा कम्ब्याटले आफनै ठाँउमा सुविधासम्पन्न तालिम स्थल बनाउन जुटेको उहाँले दावी गर्नु भयो । व्रिट्रीस आर्मीका अनुभवी प्रशिक्षक समेत रहनु भएका राष्ट्रले आप्mनै गाँउघरमा खेल र स्वस्थ्य शरीरका लागि शारीरिक सुगठन तर्फ युवाहरुलाई प्रोत्साहित गर्न समेत सुविधासम्पन्न व्यवसायिक फिटनेश सेन्टरमा स्थापना गरिएको बताउनु भयो ।
सेन्टरमा अन्य ठाँउका भन्दा दक्ष र विदेशका मापदण्ड अनुसार सुविधा तथा विधिहरु उपलब्ध गराउने गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरका कार्यकारी प्रमुख तथा प्रशिक्षक रविन राईले वताउनु भयो ।
सञ्चालनमा आउन लागेको गोरखा कम्ब्याट अल्टिमेट फिटनेट सेन्टरमा व्यवसायिक रुपमा पूराना तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका गुरुहरु राष्ट्रसहित सिंगापुर आर्मीका रविन राई, व्रिट्रीस आर्मी समेत रहेका मार्शल आर्टका गुरु मन्दिप राई, तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडीहरु सृजना राई, विद्या राई, मार्शल आर्ट प्रशिक्षक दिपक धिमाल लगायतका पूराना तथा अनुभवी व्यवसायिक खेलाडीहरु रहनु भएको छ ।
उक्त पत्रकार सम्मेलनमा संघीय संसद सदस्य महेन्दकुमारी लिम्बु, दमक ९ का वडाध्यक्ष रामबहादुर धिमाल लगायतले सफलताको शुभकामना राख्नु भएको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...