Home / ट्रेन्डिङ्ग / कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न चुनौती रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न चुनौती रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/
राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न चुनौती भएको औल्याउनुभएको छ ।
देशको ठुलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सिमित रहनु दुखद भएको बताउँदै राष्ट्रपति भण्डारीले कृषि क्षेत्रलाई आधुनिकरण गरेर व्यवसायिकरण गर्न ध्यान दिनुपर्ने औल्याउनुभयो ।
आज झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्धारा प्रवद्र्धित नमुना सहकारी खेती एवं साना किसान विकास अभियानका गतिविधिहरुको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले कृषि रुपान्तरणमा आर्कषित गराएर गरिवी निवारणमा सहकारीलाई उपयोगी बनाउन सरकारले उच्च प्राथमिकता दिनु पर्ने जोड दिनुभयो ।
सहकारी अभियान देशकै नमुना भएको बताउनुहुदै उहाँले सहकारी मार्फत मुलुकको समृद्धि यात्रालाई टेवा दिन सवै क्षेत्र जुट्नुपर्ने धारणा राख्नु भयो ।
त्यस अवसरमा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरेको छ । नगर प्रमुख रोहित कुमार शाहले राष्ट्रपति भण्डारीलाई अभिनन्दन पत्र हस्तान्तरण गर्नुभयो ।
सोहि कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यवसायिक गरि औद्योगिकरण गरिएमात्र कृषिले आर्थिक रुपान्तरणमा फड्को मार्ने वताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कृर्षिको रुपान्तरण,आधुनिकरण विना आर्थिक समृद्धि पूरा नहुने बताउनुभयो ।
कार्यक्रममा संस्थाद्धारा प्रर्वदित हल्दिवारी साना किसान सहकारी संस्था र मोरङ्ग साना किसान सहकारीद्धारा प्रर्वद्धानात्मक केरौन साना किसान सहकारी संस्थाको प्रमाणपत्र समेत हस्तान्तरण गरिनुका साथै संस्थामा आवद्ध कृषि बैज्ञानिक रामशिस साहलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष मिना ढकालले बताउनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...