Home / ट्रेन्डिङ्ग / खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको निर्वाचन कार्यक्रम सुरु , ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको निर्वाचन कार्यक्रम सुरु , ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/
दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन कार्यक्रम सुरु भएको छ । आगामी २८ गते हुने मतदानका लागी आज मनोनयन गरिएको छ । ६ वटा क्षेत्र गत र तिन जना खुल्ला महिला सदस्य गरी ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी मनोनयन भएको निर्वाचन समिति सदस्य लिला गुरागाईंले जानकारी दिनुभयो । जस मध्य क्षेत्रगत आधारमा वडा नं १ मा घनेन्द्रराज योङया, कृष्ण कुमार भण्डारी र सुमन काफ्ले, ५ मा धनबहादुर भट्टराई र लिला ढुंगेल दाहाल, ६ मा रोशन गौतम र गणेश बहादुर बस्नेत, ७ मा महेन्द्र कुमार लिम्बु र रामकुमार थापा, ८ मा धिरेन लावती र हरिप्रसाद न्यौपाने र वडा नम्बर ९ मा हरि सुवेदी र नेत्रप्रसाद पराजुलीको उम्मेद्वारी परेको छ । यस्तै, तीन खुल्ला महिला सदस्यकोलागी मिना कोइराला, पञ्चमाया राई, विष्णु कुमारी भट्टराई, सुमित्रा भण्डारी, तारा शाही, कृष्णमायाँ थापा र प्रेम कुमारी सम्बाहाम्फेको उम्मेदवार परेको निर्वाचन समिति सदस्य गुरागाईंले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रम अन्तर्गत भोली १९ गते उम्मेद्वार बिरुद्ध दाबी बिरोध गर्ने, २० र २१ गते उम्मेद्वारी फिर्ता लिने र २२ गते अन्तिम नामावली प्रकासन गर्ने कार्यक्रम रहेको छ ।
दमकको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा दलहरुले दुईवटा प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसको साथमा संघिय समाजवादी फोरम, लिम्बुवान मञ्च साथै साना दलहरुको गठबन्धन रहेको छ भने नेकपा र राप्रपाको अर्को गठबन्धन बनेको छ ।
निर्वाचन समितिका अनुसार उपभोक्ताहरुले निर्वाचित हुने नौ सदस्यीय सञ्चालक समितिमा खुल्ला तीन महिलामा आफूले रोजेको उम्मेदवारलाई मत दिन सक्ने छन् भने क्षेत्रगत आधारमा धारा रहेको वडाबाट प्रतिष्पर्धी सदस्यलाई मात्र मत दिन पाउने व्यवस्था छ । सदस्यहरु निर्वाचित भएपछि मात्र त्यही सदस्यहरुमार्फत पदाधिकारी, जिम्मेवारी वाँडफाड गरिने नियम रहेको बताईएको छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...