Home / ट्रेन्डिङ्ग / वर्तमान सरकार असफल भैसकोको कांग्रेस केन्द्रिय सदस्त तथा पुर्व मन्त्री महेन्द्र यादवको आरोप

वर्तमान सरकार असफल भैसकोको कांग्रेस केन्द्रिय सदस्त तथा पुर्व मन्त्री महेन्द्र यादवको आरोप

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार असफल भैसकेको आरोप लगाउनु भएको छ ।
दमकमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता यादवले वाइडवडी खरिद प्रकरण, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या काण्ड लगायतका घटनालेनै सरकार असफल भैसकेको प्रमाणित गरेको दाबी गर्नु भयो । सरकार चौतर्फी असफल भईसके पनि प्रधानमन्त्रीले रमिता मात्रै हेरेर बसेको उहाँले टिप्पणी गर्नु भयो ।
नेता यादवले सरकारले संविधान मिचेर जनताका अधिकार खोस्न कुचेष्टा गरेको पनि उल्लेख गर्नु भयो । उहाँले कांंग्रेसले संविधान विरोधी सवै खाले आक्रमणको विरुद्ध संसद र सडकमा गएर आन्दोलनमा जानुपर्ने अवस्था आएको वताउनु भयो ।
संंघियता कार्यान्वयन गर्न केन्द्रीय सरकार गैरजिम्मेवारका रुपमा देखिएको उहाँको आरोप छ ।
इलाम र पाँचथरका कार्यक्रममा सहभागी भएर फर्किएका नेता यादवले दमकका पार्टी अगुवा कार्यकर्ताहरुसंग समेत अन्तरकृया गर्नु भएको थियो । कार्यकर्ता माझ उहाँले कांग्रेस बलियो भए मात्र लोकतन्त्र वलियो हुने भएकाले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि अव कांग्रेसका आम कार्यकर्ताहरु एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...