Home / ट्रेन्डिङ्ग / आफुहरुलाई विकास निर्माणमा परिचालन गर्न पुर्व जनमुक्ति सेनाको माग

आफुहरुलाई विकास निर्माणमा परिचालन गर्न पुर्व जनमुक्ति सेनाको माग

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/
पूर्व जनमुक्ति सेना नेपालका नेताहरुले आफूलाई विकास निर्माणमा परिचालन गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्र ल्याउन आफूहरुले युद्ध गरे पनि कम्युनिस्ट सरकारले नै बेवास्ता गरेको भन्दै उनीहरुले चिन्ता प्रकट गरे । आज झापाको बिर्तामोडमा पत्रका सम्मेलन गर्दै पूर्व जनमुक्ति सेना नेपालका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।
गणतान्त्रिक योद्धाको परिचयपत्र, भरणपोसण, शिक्षा र स्वास्थ्य आफूहरुको मुख्य माग रहेकाले यसलाई सम्बोधन गर्न सरकारसँग उनीहरुको आग्रह छ । पत्रकार सम्मेलनमा बोल्दै पूर्व जनमुक्ति सेना नेपालका सचिवालय सदस्य तथा प्रदेश १ आयोजक समितिका संयोजक राजेश राई (विमल) ले लोकतन्त्रको लागि संघर्ष गर्ने वास्तविक लडाकुले सेवा, सुविधा नपाएको गुनासो गर्नु भयो । सरकारलाई नै विकास निर्माणमा साथ दिन आफूहरु तयार रहेको उनीहरुको भनाइ छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...