Home / ट्रेन्डिङ्ग / कचनकवलको पाठामारीमा खानेपानी आयोजनाको शिलान्यास

कचनकवलको पाठामारीमा खानेपानी आयोजनाको शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/
झापाको कचनकवल गाउँपालीकाको वडा नम्बर ५ पाठामारिमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाकै पिछडिएको क्षेत्रको रुपमा परिचित पाठामारिमा प्रदेश र संघिय सरकार बाट बजेट आएपछि खानेपानी आयोजनाको सुरुवात गरिएको हो । पाठामारी बजार देखी उत्तर पट्टि स्थानियले उपलब्ध गराएको ६ कट्ठा जग्गामा प्रदेशसभा सदस्य बसन्त बानियाँले आज एक कार्यक्रमका विच खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको हो ।
आयोजनानाको लागी प्रदेश नम्बर १ सरकारबाट ९० लाख रुपैयाँ र संघिय सरकारबाट ३० लाख रुपैयाँ बिनियोजन भएपछी आयोजनाको सुरुवात गरिएको प्रदेशसभा सदस्य बानियाँले जानकारी दिनुभयो । खानेपानी योजनाको लागी बोरिङ गर्ने र भवन बनाउने काम सुरु भैसकेकोले अन्यत्रको भन्दा छिटो योजना सम्पन्न भएर स्थानियबासीले सुद्ध पिउने पानी पाउने उहाँले बताउनु भयो ।
नेपालकै सबै भन्दा होचो ठाउँ कचनकवल संगै जोडिएको उक्त क्षेत्रका बासिन्दा सुद्ध पिउने पानीको अभावमा चापाकलको पानी पिउन बाध्य रहेका छन् । अधिकांस बिपन्न र मधेसी समुदायको बसोबास रहेको उक्त क्षेत्र सामाजिक सुचकांकमा पनि जिल्लामै पछि परेको क्षेत्रका रुपमा परिचित छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...