Home / ट्रेन्डिङ्ग / झापाको गौरादहमा निशुल्क स्वास्थ्यशिबिर सम्पन्न

झापाको गौरादहमा निशुल्क स्वास्थ्यशिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/
झापाको गौरादह नगरपालिका वडा नं. ७ स्थित ग्वालडुब्बामा सञ्चालन गरिएको नाक, कान, घाटी रोग सम्वन्धी एक दिने निशुल्क स्वास्थ्य शिविरमा १४ जना अपे्रशनका विरामी भेटिएका छन् । गौरादह नगरपालिका स्वास्थ्य साखाले आयोजना गरेको शिविरमा गौरादह र गौरिगञ्ज क्षेत्रका २ सय जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा डा. बजरङ्ग साह, डा. दिपक पौडेल, डा. मनिसा पनेरु, डा. मधुसुधन श्रेष्ठ, डा सुमन खत्री सहित १० जनाको स्वास्थ्यकर्मीको टोलीे स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा कान नसुन्ने, कान पाक्ने, नाकको एलर्जी, कानको एलर्जी, पिनास पल्टिएका र कानको सुनाइ कम भएका विरामीहरु भेटिनुका साथै कान सम्वन्धी १४ जना अप्रेशनका विरामी भेटिएका थिए । शिविरमा सेवा लिन आउने विरामीहरुलाई निशुल्क औषधी वितरण गरिएको थियो । शिविरको उद्घाटन गर्दै गौरादह नगरपालिका का प्रमुख रोहित कुमार साहले नगरभित्र रहेका गरिव, दुःखी, विपन्न परिवारका विरामीहरुलाई घर आगनमै सेवा दिन शिविर सञ्चालन गरिएको वताउनु भयो । नगरपालीकाको सामाजिक समिति अध्यक्ष मडिन्द्र कार्कीको सभापतित्वमा भएको शिबिरमा नगरपालीका उप प्रमुख गिता भेट्वाल, वडा नं. ७ का वडाध्यक्ष वलराम खरेल र ८ का वडाध्यक्ष भुमीराज पराजुलीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...