Home / ट्रेन्डिङ्ग / अर्जुनधारा नगरपालीकाद्वारा सेनेटरी प्याड बनाउने तालिम प्रदान

अर्जुनधारा नगरपालीकाद्वारा सेनेटरी प्याड बनाउने तालिम प्रदान

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/
झापाको अर्जुनधारा नगरपालिकाले सेनेटरी प्याड बनाउने सम्बन्धि तालिम दिएको छ । रोट्राक्ट क्लब बिर्तामोड मिडटाउनको प्राबिधिक सहयोग र हर प्याडको सहजिकरणमा गृहणी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तथा वजारीकरण गर्ने तालिम दिईएको हो ।
महिलाहरुलाई हुने मासिक श्रावका समयमा आवश्यक पर्ने सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न ३० जना महिलालाई तालिम दिइएको हो ।
घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि झापामा पहिलो पटक घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको आयोजकले दाबी गरेको छ ।
हर प्याडका तर्फबाट तिर्थराज कोइराला र श्रेया थापाले सेनटरी प्याडको महत्व, तथा कपडाको प्याड बनाउने तरिका र त्यसको बीक्री लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...