Home / कला/साहित्य / कदम थिएटरले गैंडा टाईम्स नाटक मञ्चन गर्ने

कदम थिएटरले गैंडा टाईम्स नाटक मञ्चन गर्ने

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/
दकम थिएटर दमकले गैंडा टाईम्स नामक नाटक मञ्चन गर्ने भएको छ । लेखक बुद्धिसागरको कथामा आधारीत नाटक गैंडा टाईम्स दमकमा मञ्चन गर्न लागीएको हो । बन्यजन्तुको चोरी तस्करी लगायतका मुद्धाहरु उठाईएको गैंडा टाईम्सलाई आगामी माघ १० गते देखी १४ गते सम्म दैनिक दुई शो मा मञ्चन गर्न लागीएको थिएटरले आज दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । थिएटरका महासचिव मोहन ढुंगाना (मेची पुत्र) ले रंगमञ्च प्रतिको आकर्षणलाई ध्यान दिएर दमकमा कदम थिएटरले बिभिन्न गतिबिधिहरु गरिरहेको जानकारी दिनु भयो ।
यस अघि मरिचेको चुपी नामक नाटक सफलता पुर्वक मञ्चन गरिसकेको कदम थिएटरले थिएटरकै कलाकारहरुको अभिनय रहेको गैंडा टाईम्स नाटक मञ्चन गर्न लागेको हो । प्रवीण खतिवडा र सिजन दाहालको निर्देशनमा रहेको नाटकमा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, चोमु शेर्पा, सुवास खरेल लगायतको कलाकारहरुको अभिनय हेर्न पाईने छ ।
नेपाल रेडक्रस सोसाईटी दमक उप शाखाको सभाहलमा मध्यान्ह १२ र अपरान्ह ४ बजे हुने मञ्चनमा ३ सय, ५ सय र १ हजार रुपैयाँको टिकट राखिएको छ भने बिद्यार्थिहरुलाई १ सय ५० रुपैयाँमै नाटक हेर्न पाउने ब्यवस्था मिलाईएको कदम थिएटरका सचिव कमन देवानले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...