Home / ट्रेन्डिङ्ग / झापाको गौरादहमा रहेको महारानी झोडा साना किसान सहकारी संस्थालाई देशकै नमूना कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिंदै

झापाको गौरादहमा रहेको महारानी झोडा साना किसान सहकारी संस्थालाई देशकै नमूना कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिंदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/
झापाको गौरादहमा रहेको महारानी झोडा साना किसान सहकारी संस्थालाई देशकै नमूना कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको छ । महिलाहरुले मात्रै संचालन गरेकासंस्थालाई दमुना कृषि पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न थालिएको हो । संस्था मार्फत यो बर्ष सामुहिक र व्यक्तिगतरुपमा ८ विगाह क्षेत्रमा अर्गानिक तरकारी खेती लगाईएको छ । संस्थाद्वारा प्रवद्र्धित जागृति एकिकृत सहकारी खेतीका ३१ घरधुरीका किसानहरुले अर्गानिक खेती थालेका हुन् ।
विरुवालाई आवश्यक पर्ने डिएपी, युरिया, क्याल्सिय, म्याग्नेसियम र सल्फर जस्ता खाद्य तत्व लागि हरेक किसानले घरघरमा डी कम्पोजर उत्पादन गर्ने गरेका छन् । तालिम दिएर १ हजार ५ सय कृषकलाई यसको मुल विऊ जोर्डन हस्तान्तरण गरिएको महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मिना ढकालले बताउनु भयो ।
सेल्टर नेपालको सहयोगमा सामुहिक रुपमा विरुवा उत्पादन गरी रासायनिक मल र विषादीको स्थानमा डी कम्पोजर, टाइकोड्रमा, घरेलु किट नासक औषधी, इएम, जैविक मल लगायतका प्राङगरिक बस्तुहरुको प्रयोग गर्ने गरेको कृषि प्राविधिक मनोज भट्टराईले बताउनु भयो ।
देशकै नमूनाको रुपमा परिचित झापाको गौरादह नगरपालिकामा संचालित एकिकृत खेतीमा ३ सय ३ साना किसान, १३ वटा अन्तर समूहका गरी १ हजार ९ सय ४३ जना महिला सदस्यहरु आवद्ध रहेका छन् ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...