Home / अपराध / प्रदेश १ मा २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२३ वटा सवारी साधन कारबाहीमा

प्रदेश १ मा २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२३ वटा सवारी साधन कारबाहीमा

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/
प्रदेश नम्बर १ का १४ जिल्लामा गत २४ घण्टामा ८ सय २३ वटा सवारी साधन कारवाहिमा परेका छन् । हिँजो बिहान देखी आज बिहान सम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट ट्राफिक चेक जाँच गर्दा नियम उल्लंघन गरी चलाईएका ८ सय २३ वटा सवारी साधन कारवाहिमा परेका प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर सवारि चलाउने, मोटरसाइकलमा ३ जना चढेर यात्रा गर्ने, बिना हेल्मेट मोटर साइकल चलाउने, क्षमता भन्दाबढी मालसामान ढुवानी गर्ने, सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीलाई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी जथाभावि पार्किङ गर्ने, रोक्न निषेध ठाँउमा सवारी साधन रोक्ने, सुरक्षा पेटि नबाधी सवारी चलाउने, कागज पत्र साथमा नबोकि सवारी चलाउने लगायतलाई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो ।
प्रदेशमा दुर्घटना न्युनिकरणको लागी जुनसुकै समयमा पनि सवारी चेकिङलाई तिब्र बनाईएको पनि उहाँले बताउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...