Home / ट्रेन्डिङ्ग / भ्यु टावर निर्माण गर्ने रकमले दमकमै मेडिकल कलेज खोल्न प्रधानमन्त्री केपि ओलीलाई नागरिक अभियन्ता डाक्टर गोविन्द केसीको सुझाव

भ्यु टावर निर्माण गर्ने रकमले दमकमै मेडिकल कलेज खोल्न प्रधानमन्त्री केपि ओलीलाई नागरिक अभियन्ता डाक्टर गोविन्द केसीको सुझाव

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/
प्रधानमन्त्री केपि ओलीलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दमकमा भ्यु टावर निर्माण गर्न लागेको रकमबाट सोहि ठाउँमा सरकारी मेडिकल कलेज खोल्न नागरिक अभियन्ता डाक्टर गोविन्द केसीले सुझाव दिनु भएको छ । आज काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नागरिक अभियन्ता डाक्टर केसीले भ्यु टावर खोल्ने रकमबाट मेडिकल कलेज खोल्न सुझाव दिनु भएको हो । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा ओलीकै ईच्छामा दुई अर्ब ७४ करोडमा भ्यु टावर निर्माण गर्ने योजना अघि बाढाईएको छ ।
साम्यवादी नेताको प्राथमिकतामा जनताको स्वास्थ्य भन्दा भ्यु टावर परेको भन्दै डाक्टर केसीले भ्यु टावरको योजना निजिक्षेत्रले व्यवसायीक रुपमा सञ्चालन गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको छ । डाक्टर केसीले दमकमा भ्यु टावर निर्माणमा लाग्ने रकमा अरु एक अर्ब थपेमा सरकारी मेडिकल खोल्न सकिने भन्दै नागरिकको शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव दिनु भएको हो ।
पुँजीवादी देशका क्रोनी क्यापिटालिस्टले पनि लाज मान्ने गतिबिधि अहिलेका प्रधानमन्त्रीले गरिरहेको भन्दै उहाँले अहिलेका नेताहरुले जनताको तलब भत्ता खाए पनि माफियाको काम गरिरहेको आरोप लगाउनु भयो । साम्यवादी सरकार भएको ठाउँमा मनपरीतन्त्र ढंगले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गरेको भन्दै डाक्टर केसीले साम्यवादी, समाजवादी भनिएका शीर्षस्थ नेताहरुलेनै माफियासँग साँठगाँठ गरिरहेको आरोप लगाउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...