Home / ट्रेन्डिङ्ग / चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै नागरिक अभियन्ता डाक्टर गोविन्द केसी १६ औं अनशनमा

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै नागरिक अभियन्ता डाक्टर गोविन्द केसी १६ औं अनशनमा

सप्तरङ्गी एफ.एम. दमक/पुष २५/
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक–पटक आमरण अनशन बस्दै आउनु भएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी १६ औं पटक आमरण अनशन बस्नु भएको छ । यसपटक अनशन बस्न केसी इलाम आउनु भएको छ । केसी इलामको सहरी विकास तथा भवन निमाण विभाग डिभिजन कार्यालयमा अनशन बस्नु भएको छ ।
१५ औं अनशनका क्रममा आफूसँग भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी अनशन बस्नु भएको हो ।
“दुई तिहाइ बहुमतको सरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर मुट्ठीभर माफियाहरुको स्वार्थअनुसार कानुनै बनाउन लागिपरेको छ,” अनशन सुरु गर्नुअघि उहाँले सञ्चारकर्मीहरुसँग भन्नु भयो, “चिकित्सा शिक्षा विधेयक पारित गर्ने निर्णायक घडीमा आएर सरकार र सत्तारुढ पार्टीका नेताहरुले तीन करोड जनताको स्वास्थ्यको पक्षमा नभई मुट्ठीभर माफियाहरुको स्वार्थमा काम गरेका छन् ।”
डा. केसीले १५ औँ अनशन जुम्लामा गर्नु भएको थियो । माग पूरा नभएसम्म जुम्लामै अनशन बस्ने अडानविपरीत सरकारले बल प्रयोग गरेर २० औं दिनमा केसीलाई काठमाडौं ल्याएको थियो । डा. केसीलाई काठमाडौं ल्याउन स्थानीयले अवरोध गरेपछि प्रहरीले अस्पतालभित्रै लाठी चार्ज र अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...