Home / ट्रेन्डिङ्ग / भट्टराई कुल वंश प्रतिष्ठानले रजत जयन्ती भव्य रुपमा मनाउने

भट्टराई कुल वंश प्रतिष्ठानले रजत जयन्ती भव्य रुपमा मनाउने

सप्तरङ्गी एफ.एम. दमक पुष २५
भट्टराई कुल वंश प्रतिष्ठानले रजत जयन्ती मनाउने भएको छ । आगामी पुष २७ गते देखी २९ गते सम्म तिन दिवसीय बिभिन्न कार्यक्रमहरु गरी संस्थाको रजत जयन्ती मनाउन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ । प्रतिष्ठान स्थापनाको २५ बर्ष पुगेको अवसरमा बिभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउन लागीएको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिनुभयो ।
आगामी २७ गते पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा रजत जयन्ती समारोहको समुद्घाटन गरिने प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो । सोहि दिन देखी निशुल्क स्वास्थ्य शिबिर पनि सञ्चालन गरिने छ । बिभिन्न रोगका बिषेशज्ञ डाक्टरहरुको सेवा रहने स्वास्थ्य शिबिरमा निशुल्क औषधी समेत बितरण गरिने शिबिर सम्योजक डाक्टर मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी २६ गते साहित्यिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, कुल दर्शन सहित भजन कृतन गरिने छ भने २७ गते समापन कार्यक्रम हुने जनाईएको छ ।
रजत जयन्ती मनाउन प्रतिष्ठानका देश बिदेशमा रहेका शाखाहरुबाट ५ सय भन्दा धेरैंको सहभागीता रहने प्रतिष्ठानका महासचिव चन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...