Home / ताजा समाचार / मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५
झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज विभिन्न कार्यक्रम गरि आफनो ४७ औ बार्षिकोत्सवसहित अभिभावक दिवस मनाएको छ ।
विद्यालयको प्रांङ्गगणमा एक कार्यक्रम गरि अवकास प्राप्त शिक्षकको विदाई, विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कारहरु प्रदान गरि बार्षिकोत्सव मनाईएको हो ।




त्यस्तै, विद्यालयमा निर्मीत श्रुष्तश्रवणका विद्यार्थीहरुको आवासीय पक्की दुई कोठे छात्राबास भवन र विद्यालयका पूर्व अध्यक्ष स्वर्गीय सन्तकुमार वान्तवाको स्मृतिमा निर्मीत प्रवेशद्धारको समेत उद्घाटन गरिएको थियो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पूर्णानन्द शर्माको अध्यक्षता तथा प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेवा निवृत भएका मिठ्ठु तामाङ्ग,अनुपमा राई,द्धावरिका शर्मा,विन्दु दाहाल र धर्म वस्नेतलाई सम्मानपत्र,दोसल्ला ओढाएर विदाई गरिएको थियो ।


त्यस्तै,अक्षयकोषका दाता सिता थापा, समाजसेवी ऋषिकेश सुवेदी र विद्यालयका दिवंगत पूर्व सदस्य रघुनाथ पोख्रेललाई मरणोपन्त सम्मान गरिएको शिक्षक ओमप्रकाश गौतमले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा विद्यालयका सदस्य याम पाठक, वडाध्यक्ष डम्बर निरौला, गाँउपालिका अध्यक्ष मेनुका काफ्लेलवगायतले विद्यालयको बार्षिकोत्सवको शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा विद्यार्थीहरुले नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध ...