Home / ताजा समाचार / श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५
श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध दुर्व्यसनी सम्बन्धि जनचेतना मूलक १ दिने कार्यक्रम सम्पन्न गरेको छ ।

गौरादह नगरपालिका ७ को भारती आधरभुत विद्यालय दुधालीमा सञ्चालन गरेको कार्यक्रममा त्यस क्षेत्रका समाजसेवी, बुद्धिजिवि, विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयबासीहरु सहभागी भएका थिए । चेतना नेपालका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद ओली र सदस्य सिता गौतमले सहभागीहरुलाई लागू औषधबाट पर्न जाने असर, समस्याहरु, धन जनको क्षती, समाजमा फैलन सक्ने विकृति विसंगतिको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले कार्यक्रमको उदघाटन गर्दै सभ्य समाज निर्माण गर्दै समाज परिवर्तन गर्न लागूऔषध मूक्त समाज बनाउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै,
श्री कृष्ण प्रणामी युवा परिषद दमकले न्यानो कपडा वितरण गरेको छ । गौरादह नगरपालिका वडा नं. ४ र ७ मा बसोबास गर्ने ३० विपन्न घरपरिवारलाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको हो । जाडो बढेसँगै त्यसबाट बच्नको लागि विपन्न घर परिवारलाई प्रतिघर परिवार बल्याङ्केट, म्याट, झुल र टोपी एक/एक थान वितरण गरिएको परिषद दमक सदस्य पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...