Home / ट्रेन्डिङ्ग / ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५
झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ईलाम चुलाचुली गाउँपालिको आर्थिक सहयोगमा आजबाट एक सेनेटरी प्याड निर्माण र निशुल्क उद्घोषण सम्बन्धि तालिम सुरुभएको छ ।
उद्यमशिल महिला जागरण केन्दकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको तालिम उद्धाटन गर्दै प्रमुख अतिथी चुलाचुली गाउँपालिका का अध्यक्ष प्रदिपचन्द्र राई ले गाउँमा रहेका हरेक महिलालाई विभिन्न खाले सिप सिकाई स्वरोजगार बनाउने र स्वस्थ्य सम्बन्धि जनचेतना दिने उद्येश्य गाउँपालिका को रहेको बताउनु भयो । उहाँले तालिक लिएपछि महिला हरुमा आत्मबल बन्न सक्ने र सेनेटरी प्याडमा भएको खर्च समेत न्युनिकरण हुनसक्ने बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष पुर्ण लावती वडा सचिब गोबिन्द सुबेदी, पत्रकार उमनाथ भण्डारी, वडा सदस्य सिता लावती लगायतले तालिम सफलताको सुभकामना मन्तव्य राख्नुभएको थियो । तालिमा सहभागी मध्ये सेनेटरी प्याड निर्माणका सहभागी लाई लाईफ लाईन अस्पताल दमककी पेमा तामाङ र उद्धघोषण तालिमका सहभागीलाई मनु तामाङ्गले सहजी करण गर्नुहुने छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध ...