Home / अन्तराष्ट्रिय / उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/
विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ । पाथिभरा ज्वेलर्सको आयोजनामा गितकार खोजी कार्यक्रम सुरु गरिएको ज्वेलर्सका प्रोपाईटर उत्तम रसईलीले जानकारी दिनुभयो । संसरका जुनसुकै ठाउँमा बसेका नेपाली भाषि भुटानीहरुले यस प्रतियोगीतामा सहभागीता जनाउन सक्ने उहाँले बताउनु भयो । देशभक्ती पुर्ण गितहरुलाई मात्र प्रतियोगितामा सहभागी गराईने पनि उहाँले बताउनु भयो । गितमा देशको नाम भने समाबेस गर्न पाईने छैन ।
एक जना रचनाकारले एउटा मात्रै गित समावेस गर्न सक्ने छन् । प्रतियोगीतामा सहभागिता जनाउन चाहनेले फेबु्रअरी २८ तारिख सम्ममा आफ्ना रचना पठाउन सकिने आयोजकले जनाएको छ । आएका सबै रचनाहरुको ४ जना बरिष्ठ संगितकर्मि निर्णायक बाट उत्कृष्ट छनौट गरिने जनाईएको छ । प्रतियोगीताको लागी आएका रचना मध्य बाट उत्कृष्ट १० र उत्कृष्ट पाँच छानिने जनाईएको छ । छानिएका पाँच वटा उत्कृष्ट गितहरु मध्य बाट पनि एक भव्य सांस्कृतिक र सांगितिक कार्यक्रमका विच उत्कृष्ट ३ गितकार छानीने छ ।
बिजेता तिन जनालाई आकर्षक पुरस्कार दिईने छ भने भुटानी संगितकारहरुको संगित बाट नव गायक गायीकालाई गाउन दिईने छ । गितहरुको म्युजिक भिडियो पनि बनाईने आयोजकले जनाएको छ । आफ्ना रचना पठाउनको लागी pathivaraproduction@gmail.comमा ईमेल गर्न अथवा पाथिभरा ज्वेलर्सको फेसबुकमा गएर पनि आफ्ना रचना पठाउन सकिने जनाईएको छ । त्यसैगरी फोन नम्बर ठ 7162085531 मा पनि फोन गर्न सकिने छ ।

x

Check Also

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध ...