Home / ट्रेन्डिङ्ग / खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/
दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । संस्थाको कुल ९ सदस्यमा ६ स्थान लोकतान्त्रीक गठबन्धनले जित हासिल गरेको हो ।
कांग्रेससहितको प्यानलले खुल्ला महिला सदस्यमा २ र क्षेत्रगतमा ४ स्थानमा जित हासिल गरेको छ ।
यसअघि पटक पटक नेकपाले आफनो वर्चश्व कायम गरिआएको खानेपानीमा यसपटक भने लज्जास्पद रुपमा हार व्यहोर्नुपरेको छ । गत स्थानिय तहको निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो भएका तत्कालीन एमाले, राप्रापा र माओवादी केन्द्रको एकैठाउँ गठबन्धन बन्दा पनि नेपाली कांग्रेस र साना दलहरुको गठबन्धनले जित हासिल गरेको हो ।
क्षेत्रगत ६ वटाका लागि भएको मतदानबाट कांग्रेससहितको प्यानलले १, २,३ र ६ साथै कम्यूनिष्ट र राप्रपा गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल गरेको छ । उक्त प्यानलबाट एक जना महिला सदस्य निर्वाचित भईन् ।
१ क्षेत्रबाट घनेन्द्र राज योङ्गयाले ४१९ मत ल्याएर जित हासिल गर्नु भयो भने उहाँका प्रतिद्धन्दी कृष्णकुमार भण्डारीले ३४५ मत प्राप्त गर्नु भयो ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट सोहि प्यानलका धनबहादुर भट्टराईले नेकपाकी जिल्ला स्तरिय महिला नेतृलाई हराउदै पुनः सदस्ययमा निर्वाचित हुनु भएको छ । उहाँले प्रतिद्धन्दी लिलादेवी दाहाललाई १८४ मतको अन्तरले पराजित गर्नु भएको हो । विजयी भएका भट्टराईले ४७० मत ल्याउनु भयो भने दाहालले २८६ मत मात्रै प्राप्त गर्नु भयो ।
उक्त वडा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश सभा सदस्य अर्जुन राई, सहित नेकपाका केन्द्रिय सदस्य नेता देवेन्द्र दाहाल, नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका नेता गगन पुरी लगायतका नेताहरु बसेको वडा समेत हो ।
त्यसैगरि कांग्रेसका महाधिबेशन प्रतिनिधि समेत रहनु भएका रोशन कुमार गौतमले नेकपाका गणेश बहादुर बस्नेतलाई ४ मतले हराउँदै जित हासिल गर्नु भयो । संस्थाका वर्तमान सचिव समेत रहनु भएका गौतमले २०४ मत ल्याएर निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष समेत रहेका बस्नेतलाई हराउनु भएको हो ।
यसैगरि क्षेत्र नम्बर ४ मा कम्यूनिष्ट गठबन्धनबाट उम्मेदवार वनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश संयोजक समेत रहेका राम कुमार थापा विजयी बन्नु भयो । थापाले २५० मत ल्याएर विजयी बन्नु भयो भने उहाँका प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलबाट महेन्द्र कुमार लिम्बुले १५० मत प्राप्त गर्नु भयो ।
त्यस्तै, क्षेत्र नम्बर ५ बाट कम्यूनिष्ट गठबन्धनका हरि न्यौपानेले ३३२ मत ल्याएर लोकतान्त्रिक प्यानलका धिरेन लाओतीलाई पराजित गर्नु भयो । लाओतीले २८१ मत प्राप्त गर्नु भयो ।
यसैगरि क्षेत्र नम्बर ६ बाट लोकतान्त्रिक प्यानलका हरी सुवेदीले सवैभन्दा धेरै मतान्तर गरि पुनः सदस्यमा जित हासिल गर्नु भएको छ । विजयी सुवेदीले ३४५ मत ल्याउनु भयो भने उहाँका प्रतिद्धन्दी नेत्र पराजुलीले ११४ मत मात्रै प्राप्त गर्नु भयो ।
निर्वाचन समितिका अनुसार महिला सदस्यमा सवैभन्दा बढी मत ल्याएर मिना कोइराला निर्वाचित हुनु भयो । कांग्रेस प्यानलकी उहाँले १ हजार ९ सय ५७ मत प्राप्त गर्नु भयो ।
तीन सदस्य पदमा नेकपा प्यानलकी सुमित्रा भण्डारीले १ हजार ८ सय ६२ र कांग्रेस प्यानलकी विष्णुमाया भट्टराई (थापा)ले १ हजार ६ सय ७६ मत प्राप्त गरि बिजयी बन्नु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध ...