Home / ट्रेन्डिङ्ग / निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/
नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको टाटो हेर्न झापाको दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई प्रस्न गर्नु भएको छ । आजको प्रतिनिधिसभा बैठकको विशेष समायमा बोल्दै नेता रिजालले काठमाण्डो खाल्डोबाट हेर्दा निर्मलाको हत्यारा नलागेकाले झापामा टिस्टा सम्म देखीने भ्यु टावर बनाउन लागेको भन्दै व्यंग्य गर्नु भएको हो । आजको संसदको बिषेश समयमा बोल्दै नेता रिजालले प्रधानमन्त्री केपि ओलीलाई व्यंग्य गर्दै भन्नु भयो , ‘काठमाडौं खाल्डोबाट देखिएन होला । झापामा भ्यू टावर बनाउने भन्नुभा छ । माफ गर्नुहोला प्रधानमन्त्री जी, खाँबो बाङ्गो छ, तपाइले देखे जस्तो देशको स्थिति छैन । झापाको भ्यू टावर चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ ।’
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा ओलीकै ईच्छामा दुई अर्ब ७४ करोडमा भ्यु टावर निर्माण गर्ने योजना अघि बाढाईएको छ । यस अघि नागरिक अभियन्ता डाक्टर गोविन्द केसीले पनि दमकमा भ्यु टावर निर्माण गर्ने रकमले मेडिकल कलेज खोल्न सुझाव दिनु भएको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...

श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा लागु औषध दुर्व्यसनी सम्बन्धि जनचेतना कार्यक्रम र न्यानो कपडा वितरण

सप्तरंगी एफएम / २७ पुस २०७५ श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति झापाले लागुऔषध ...