Home / ताजा समाचार / बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि सहकारी संस्था लिमिटेडले बिहिबार आफ्नो सदस्यहरु बीच बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

साविकको कोहबरा १ बालुबथान, शनिश्चरे बजारस्थित दुर्गा मन्दिरको प्रांगणमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी हरुले ग्रामिण भेगमा सहकारीले पुर्याएको योगदान , सदस्यहरुको जिबन यापनमा भएको सकारात्मक परिवर्तन र आर्थिक सहयोग साथै सदस्यलाई सहकारीले दिने थप सेवा सुबिधाको बिषयमा आफ्नो जिज्ञासा राखेका थिए ।
सहकारीकी व्यवस्थापक अम्बिकादेवी अधिकारीले सदस्य हरुको जिज्ञासाको उत्तर दिदै सहकारीलाई जनमुखी कसरी बनाउन सकिन्छ र अन्य सहकारीहरुको दाँजोमा प्रतिष्पर्धात्मक ढंगले शेयर सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सहकारीले आगामी साधारण सभा सम्ममा बिशेस कार्यक्रम ल्याउने जानकारी दिनुभयो । सहकारीले न्युनतम रु. २ हजार रुपैयाँ शेयर रहेका सदस्यहरुलाई विना धितो ५० हजार रुपैयाँ १७ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने साथै आगामी साधारणसभादेखि १५ प्रतिशत ब्याजमा १ लाख रुपैयाँसम्म विनाधितो ऋण लगानी गर्ने योजना अगाडि सरेको संस्थाका अध्यक्ष रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।

गौरादह नगरपालिका नगर कार्यपालिका सदस्य गोमादेवी चेम्जोङको प्रमुख आतिथ्यता तथा चप्रामारी साना किसानकी अध्यक्ष यशोदादेवी कोइरालाको बिशेष आथित्यता रहेको कार्यक्रम सहकारीका अध्यक्ष रामचन्द्र बास्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...