Home / ट्रेन्डिङ्ग / सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/
समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम फिर्ता दिन माग गरेका छन् ।
उपभोक्ता समिति सहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरोन्नतिको काम समयमै नहुदाँ स्थानीय बासिन्दाहरु धुलाम्मै हुनुपरेको भन्दै वाटो निर्माणमा संकलित उपभोक्ताको रकम फिर्ता गरिदिन माग गरेका हुन् । उपभोक्ता समितिले हिँजो नगर प्रमुख रोमनाथ ओलीलाई ज्ञापन पत्र दिदै त्यस्तो माग गरिएको स्थानीय प्रदीप कडरियाले जानकारी दिनु भयो । दुवै तर्फ डेनसहितको ४० फिटे सडकको काम वीचैमा निर्माण कम्पन्नीले छाडेपछि त्यस मार्ग धुलाम्मे वन्दैआएको र त्यसले दैनिक जनजीवननै प्रभावित भएकाले त्यसप्रति सरोकारवालाहरु नगरपालिकाको ध्यानाकर्षण गराउदै आन्दोलित हुनुपरेको कडरियाले बताउनु भयो ।
समितिका अध्यक्ष गोपालकृष्ण संग्रौलासहितका उपभोक्ताहरुले नगरपालिका र इलाका प्रशासन कार्यालयमा पुगेर आप्mना मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । इलाका प्रशासन कार्यालयको बोधार्थ निमित्त प्रमुख सुर्यमान वाँनियालाई वुझाईएको अध्यक्ष संग्रौलाले वताउनु भयो ।
त्यहाँको सडक स्तरोन्नतिसहित कालोपत्रे सडक बनाउन स्थानीय उपभोक्ताहरुले प्रतिफूट १ हजार ३ सय ५० रुपैयाँका दरले करिव १ करोड रुपैया उठाएका थिए । उपभोक्ताहरुले रकम संकलन गरेपछि नगरपालिकाले ठेक्का खोलेर शुरु गरिएको निर्माणाधिन सडकको काम निर्धारित समयमा समेत आधा मात्र भएपछि स्थानीय बासिन्दाहरु आजित भएर जम्मा भएको रकम फिर्ता गरिदिन माग राखेका हुन् ।
सडकको काम जयवाबा शेर्पा कम्पन्नीले पाएको थियो । २०७४ साउन २२ गते शिलान्यास गरिएको सडक २०७५ असार मसान्तसम्म सम्पन्न हुने संझौता भएको थियो । नगरपालिकाको ३ करोड ७ लाख १९ हजार ८ सय ४४ र उपभोक्ताको रकम गरि भ्याट बाहेक कुल ४ करोड ७ लाख १९ हजार ८ सय ४४ रुपैयाको लागतमा काम थालिएको थियो ।
दमकको भृकुटी चौकदेखि पूर्वपश्चिम राजमार्गको सगरमाथा पेट्रोल पम्पसम्म पर्ने दीपिनी मार्गको १२ सय मिटर लामो सडक दोश्रो म्याद थप गरेपनि बाटोको काम सुचारु नभएपछि स्थानीय उपभोक्ताहरु आन्दोलित हुनुपरेको अध्यक्ष संग्रौलाले बताउनु भयो । आफना माग सुनुवाई नभए उपभोक्ताहरुले दवावमूलक धर्ना, तालावन्दी लगायतका शान्तिपूर्ण आन्दोलन चर्काउने चेतावनी दिएका छन् । उपभोक्ताहरुले यसअघि समेत नगरपालिकाको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका थिए ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...