Home / कला/साहित्य / दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/
दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा ‘सिएमसी सप्तरंग, अ म्युजिकल जर्नी–२०१९’ नाम सांगितिक कार्यक्रम हुन लागेको हो । मुलुकका सातै वटा प्रदेशमा विभिन्न कलाकार र खेलाडीको सहभागितामा हुने सप्तरंग सांगीतिक कार्यक्रम अन्गर्त प्रदेश नम्बर १ को कार्यक्रम दमकमा हुन लागेको आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
माघ १८ देखि फागुन २ गतेसम्म हुने संगीतिक कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको दाबी छ । कार्यक्रममा सात कलाकरले प्रस्तुति दिनेछन् । ‘सात प्रदेश र सात हामी’ नाराका साथमा शुरु हुने यस कार्यक्रमको मुख्य उद्देश्य सद्भाव र ऐक्यवद्दताका लागि भन्ने राखिएको घिमिरेले बताउनु भयो ।
कार्यक्रममा चर्चित कलाकारहरु रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, सन्दीप क्षेत्री, अञ्जली अधिकारी र खेलाडी दीपक विष्टको सहभागीता रहने छ ।
कार्यक्रममा उपस्थित हुन दर्शकले कुनै शुल्क तिर्नु नपर्ने पनि गृष्मा ब्रोडकाष्टिङका प्रमुख घिमिरेले बताउनु भयो । आफुहरुले आर्थिक लाभका लागि नभएर सातै प्रदेशका जनताबीच आपसी सद्भाव र सामिप्यता बढाउन र पर्यटकीय हिसाबमा पनि सातै प्रदेशको प्रचार गर्न कार्यक्रम गर्न लागेको उहाँले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...