Home / अपराध / मोरंग उर्लाबारीका पत्रकार तेजन खड्का माथि आक्रमण गर्ने कमल फ्याकलाई कारबाही गर्न पत्रकार महासंघ प्रदेश नम्बर १ को माग

मोरंग उर्लाबारीका पत्रकार तेजन खड्का माथि आक्रमण गर्ने कमल फ्याकलाई कारबाही गर्न पत्रकार महासंघ प्रदेश नम्बर १ को माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/
मोरंग उर्लाबारीका पत्रकार तेजन खड्कालाई उर्लाबारी नगरपालीका वडा नम्बर ९ का वडाध्यक्ष बम बहादुर फ्याकका छोरा कमल फ्याकले गए राति कुटपिट गरेको घटना प्रति पत्रकार महासंघ प्रदेश समिति प्रदेश नम्बर १ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको बिषयमा चित्त नबुझे कानुनी उपचारको बाटो हुँदा हुँदै रातको समयमा मादक पदार्थ सेवन गरी पत्रकार खड्काको घरमै गएर आमा समेतलाई दुव्र्यबहार गरेको घटनाको पत्रकार महासंघ प्रदेश समितिले निन्दा र भत्र्सना गरेको छ । महासचि विवेक गौतमद्वारा हस्ताक्षरित बिज्ञप्तिमा आपराधिक कार्यमा संलग्न लिम्बु माथि कारबाहिको माग समेत गरिएको छ । त्यसैगरी प्रेस तथा अभिव्यक्ति स्वातन्त्रताको रक्षा गर्न सरकार समक्ष माग पनि गरिएको छ ।
उर्लाबारी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कुल बहादुर कार्की र वडा नम्वर ९का अध्यक्ष बम बहादुर फ्याकले नगरपालीकाले कृषकको लागी निशुल्क उपलब्ध गराएको मकैको बिउ कृषकलाई बिक्रि गरेको भन्दै वडा बासीले नगरपालीकामा निवेदन दिए पछि घटनाको समाचार बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको थियो । सोहि समाचारको बिषयलाई लिएर वडा नम्बर ९ का वडाध्यक्ष बम बहादुर फ्याकका छोरा कमल फ्याकले पत्रकार तेजन खड्का र उहाँकी आमा मालती खड्कालाई गए राती घरमै गएर कुटपिट गरेका थिए ।
पत्रकारलाई कुटपिट गर्ने फ्याकलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...