Home / ट्रेन्डिङ्ग / दमक अस्पतालका बिरामीलाई दुध खुवाउँदै डेरि एसोसिएसनले आफ्नो स्थापना दिवस मनायो

दमक अस्पतालका बिरामीलाई दुध खुवाउँदै डेरि एसोसिएसनले आफ्नो स्थापना दिवस मनायो

सप्तरङ्गी एफ.एम. दमक/माघ ७/
नेपाल डेरी एसोसिएसनले आज आफ्नो २० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसर पारेर एसोसिएसन प्रदेश नम्बर १ र जिल्ला समिति झापाले संयुक्त कार्यक्रम गरी दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालमा आएका बिरामी तथा आफन्तलाई दुध सेवन गराएको छ । एसोसिएसनका प्रदेश नम्बर १ अध्यक्ष हेमचन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालमा आएका सबैजनालाई दुध सेवन गराईएको थियो । प्रमुख अतिथि दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले उपचार गराउन ल्याईएकी दुई बर्षिय बालिका रुजु उप्रेतीलाई दुध सेवन गराएर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।
एसोसिएसनको २० औं स्थापना दिवसका अवसरमा दमक अस्पताल परिसरमा आएका करिब ३ सय बिरामी तथा बिरामीका आफन्तलाई दुध सेवन गराईएको एसोसिएसनका झापा जिल्ला अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...