Home / ट्रेन्डिङ्ग / दमकको हिमालय माध्यमिक बिद्यालयमा प्रधान अध्यापक बिष्णुकान्त झालाई दलीय आधारमा पदभुक्त गरेर नगरपालीकाले आफ्ना कार्यकर्ता नियुक्त गरेको भन्दै कांग्रेसको बिरोध , आन्दोलन गर्ने चेतावनी

दमकको हिमालय माध्यमिक बिद्यालयमा प्रधान अध्यापक बिष्णुकान्त झालाई दलीय आधारमा पदभुक्त गरेर नगरपालीकाले आफ्ना कार्यकर्ता नियुक्त गरेको भन्दै कांग्रेसको बिरोध , आन्दोलन गर्ने चेतावनी

सप्तरङ्गी एफ.एम. दमक/माघ ८/
दलिय आस्थाको आधारमा दमक २ स्थित हिमालय माध्यमिक विद्यालयाका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट जबरजस्ती हटाईएको भन्दै नेपाली कांग्रेस दमक नगर र क्षेत्रीय समितिले बिरोध जनाएका छन् ।
नगरपालिकाले जारी गरेको शिक्षा नियमावली विरुद्ध सर्वोच्च तथा उच्च अदालतमा मुद्धा चलिरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले गरेको उक्त निर्णयको कांगे्रसले बिरोध गरेको हो । कांग्रेस क्षेत्रीय समिति र नगर समितिले प्रधान अध्यापक झालाई अपमान हुने गरि राजनीतिक आस्थाका आधारमा हटाईएको भन्दै निर्णय सच्याँउन सात दिने अल्टिमेटम दिएका छन् । हिँजो दुवै समितिले संयुक्र प्रेस विज्ञप्ति जारी गरि उक्त निर्णय सर्वसत्तावादी सोचबाट आएकाले त्यसलाई डटेर लड्ने चेतावनी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, –‘सम्मानित अदालतले जारी शिक्षा ऐन कार्यान्वयन नगर्न भनेको छ, तर नगर सरकारले बहुमतको आडमा मनपरी गरि कानुन मिच्ने काम गरेको छ ।’
‘एक त संघिय र प्रदेश सरकारले कानुन नबनाई नगरपालीकाले बनाएको कानुन अबैधानिक त छनै त्यस माथि पनि उसैले बनाएको शिक्षा नियमावलीमा बिद्यालय व्यवस्थापन समिति ११ सदस्सीय हुने छ भनिएको छ त्यसैले तिन सदस्सीय काम चलाउ व्यवस्थापन समितिले गरेको निर्णय कानुनी आधारमा पनि अबैधानिक छ ।’ बिज्ञप्तिमा भनिएको छ । दलिय आस्थाकै आधारमा आफ्ना भरौटे नियुक्तिको लागी प्रधान अध्यापकलाई बर्खास्त गरेको कांग्रेसले ठहर गरेको छ । ‘सहमति विना एकपक्षीय ढंगले अघि बढे त्यसको शसक्त प्रतिकार गर्ने छ ।’ संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ ।
यसैवीच नेपाल शिक्षक महासंघ झापाका उपाध्यक्ष वद्री कार्कीले पनि विना भेदभाव स्थानीय सरकारले शिक्षकहरुलाई प्रोत्साहन गर्नको सट्टा राजनीतिक आस्थाकै कारण हिमाविका प्रधान अध्यापक झालाई हटाएकोमा आपत्ति प्रकट गर्नु भएको छ । उहाँले दमकको शिक्षा ऐन विरुद्ध सम्मानीत अदालतमा मुद्धा विचाराधिन रहदाँ एक्कमसी विना कारण प्रअलाई पदमुक्त गरिनु न्यायसंगत नभएको दावी गर्नु भएको छ ।
काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद आचार्यलाई प्रअका रुपमा जिम्मेवारी दिएको छ । वडाध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा काम चलाउ तीन सदस्यीय उक्त समितिको निर्णयले प्रअ झालाई पद मुक्त गरेर नयाँ प्रअ आचार्यलाई हिँजो नियुक्त गरेको हो ।
झालाई जिम्मेवारीवाट हटाउनुको कारण खुलाईएको छैन् । यद्यपि दलीय आस्थाका आधारमा कार्यरत प्रअ झालाई हटाएको हुन सक्ने शिक्षा सरोकारवालाहरुले अनुमान गरेका छन् । कांग्रेस संग निकट रहेका झालाई हटाएर नेकपा निकट आचार्यलाई नियुक्त गरिएको छ ।
दलिय आस्था फरक भएकै आधारमा प्रअ झालाई हटाउन यसअघि समेत असफल प्रयास भएका थिए ।
यसअघि पनि हिमाविमा नै विद्यालय व्यवस्थापन समिति गठन भेलामा दलहरुवीच लफडा भएको थियो । कांग्रेससहितका दलहरुले नगरपालिकाले जारी गरेको शिक्षा ऐनको विरोध गर्दे उक्त भेला नै अवरुद्ध गर्न पुगेका थिए । अभिभावकहरुको प्रतिनिधित्व विना पनि समिति गठन गर्नुपर्ने नगरपालिकाको ऐन लागू गर्न खोज्दा विवादका बीच हातहालाहालको अवस्था वनेको थियो । विवादका कारण त्यही वेला समितिको भेला स्थगित भएको थियो । नगर सरकारले विरोध चर्किएपछि कांग्रेससहितका दलहरुलाई डाकेर सहमतिबाट नै विद्यालय व्यवस्थापन गठन गर्न दलीय सहमति कायम गर्ने निर्णयमा पुग्न बाँध्य भएको थियो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...